किराती राष्ट्रिय मुक्ति मोर्चाको एकता भेला सम्पन्न

एविसि खबर
सुनसरी, ६ साउन । सुनसरीको इटहरीमा भएको नेकपा (माओवादी)सम्बद्ध किराती मोर्चाहरुको एकता भेलाले मोर्चाको सम्मेलन आयोजक समिति गठन गर्दै एकताको घोषणा गरेको छ । बुधबार भएको विभिन्न माओवादी सम्बद्ध चारवटा मोर्चाको संयुक्त भेलाले दुर्गा राईको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरेको हो । राई नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल नेपाल किराती राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष थिए ।

भेलामा पार्टी स्थायी समिति सदस्य सुरेश किराती (हिमाल)को उपस्थितिमा एकता भएको हो । भेलाले ३३ सदस्यीय कार्यालय टिम गठन गर्नुको साथै ३४३ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । एकतापछिको प्रथम सम्मेलन जननायक रामप्रसाद राईले भोजपुर कब्जा गरेको दिन मंसिर २४ गतेकोअ अवसर पारेर सुनसरीको इटहरीमा सम्मेलन उद्घाटन गर्ने निर्णय समेत भएको छ ।

एकता भेलामा पूर्व एमाओवादी सम्बद्ध किराती मोर्चाका अध्यक्ष सुदन किराती, माओवादी विप्लव विद्रोही समुहबाट आएका प्रकाश राई, मणि थापा नेतृत्वको पार्टी सम्बद्ध मोर्चाको तर्फबाट सुरज किराती भेलामा सहभागि थिए । समायोजन भेलामा चारवटै मोर्चा पदाधिकारीहरुको उपस्थिति थियो ।

नेपालको अन्तरविरोधहरु मध्ये जातीय विभेद मुख्य रहेको ठहर गरी माओवादीले जनयुद्ध कालदेखि नै जातीय मोर्चाहरुको गठन गर्दै आएका थिए । वर्गीय मुक्तिको लागि जातीय विभेदको अन्त्यहुनुपर्ने ठहर गर्दै पार्टीमा ३४ वटा जातीय मोर्चा गठन गरेका छन् ।

पार्टी विभाजनसँगै माओवादीमा रहेको किराती मोर्चा पनि चारवटा टुक्रामा विभाजित थियो । माओवादी एकताको अभियानसँगै पार्टी सम्बद्ध मोर्चाहरुपनि एकता सुरु भएको हो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment