(फलो अप) संसद बैठक शुक्रबार लाई स¥यो

राजनीति

एविसि खबर

काठमाडौं, ६ साउन, । व्यवस्थापिका संसदको आज बस्ने भनिएको बैठक शुक्रबार सम्मलाई सरेको छ । प्रमुख राजनीतिक दलका बिच आपश्यक सहमती नजुट्दा बैठक सरेको हो ।

प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको छलफलमा कांग्रेस नेता रामचन्द्र पौडेलको नयाँ प्रस्ताव ल्याएका छन् । उनले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने तथा प्रमुख प्रतिपक्ष दल र माओवादी केन्द्रले दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिनु पर्ने विकल्प अघि सारेका छन् ।

संसदको बैठक बसेर सहमती जुटाउन सभामुख ओनसरी घर्तीले गरेको प्रयास आज पनि असफल भएको छ ।

व्यवस्थापिका संसदको बिहिबार बिहान ११ बजे बस्ने भनिएको थियो । सहमतीको प्रयास स्वरुप बैठकलाई दिउँसो २.०० बजे सारिएको भएपनि छलफलबाट कुनै निष्कर्ष नआएकाले बैठक शुक्रबार सम्मलाई सारिएको हो ।

सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको बैठकमा एमालेले छलफल गर्न नदिने जनाएपछि बैठक स्थगीत भएको हो । बैठककालागि आवश्यक सहमती जुटाउन शिर्ष राजनीतिक दलहरुको बैठक चलिरहेको छ । संसद बैठकलाई पछि सारेर तीन दलको बैठक अहिले पनि जारी छ । बैठकमा सहभागी एक नेताका अनुसार अहिलेसम्म सहमतिको ठोस आधार फेला नपरेकाले छलफल लम्बिरहेको हो । यस विषयमा सहमतीको प्रयास गर्न शिर्ष राजनीतिक दलका नेताहरुको सभामुखको कार्यकक्षमा छलफलमा व्यस्त रहेका छन् ।

भने आज कुनैपनि हालतमा बैठक स्थल नछाड्न निर्देशन पाएका सांसदहरु भने व्यवस्थापिका संसदको कार्यलय परिसरमा अलपत्र परेका छन् । संसदमा बजेट सँग आश्रित अन्य विधेयकहरु पनि रहेकाले पहिलो चरणमा अन्य विधेयकमा छलफल गर्नु पर्ने एमालेको जिकिर रहेको छ । भने कांग्रेस, माओवादी केन्द्र लगायतले कार्यसुचिमा समावेश गरिएको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा रहेका छन् । अविश्वासको प्रस्ताव पहिला कि बजेट आश्रित विधेयक भन्नेमा दलहरुबीच सहमति हुन सकेको छैन । र, यदि विधेयक पेश नगरी अविश्वासको प्रस्ताव अघि बढाए संसद अवरुद्ध गर्ने सरकारको नेतृत्वकर्ता दल एमालेले चेतावनी दिएको छ ।

यसैबिच एमाले निहुँ खोज्न आए सामना गर्न सांसदहरुलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव पास गर्ने क्रममा एमाले निहुँ खोज्न आए मुकाविला गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका थिए ।

Facebook Comments

Leave a Reply