संसद बैठक २ बजे सम्म स्थगीत

राजनीति

एविसि खबर
काठमाडौं, ६ साउन, । व्यवस्थापिका संसदको अहिले ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजे सम्मका लागि स्थगीत भएको छ । सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको बैठकमा एमालेले छलफल गर्न नदिने जनाएपछि बैठक स्थगीत भएको हो ।

संसदमा बजेट सँग आश्रित अन्य विधेयकहरु पनि रहेकाले पहिलो चरणमा अन्य विधेयकमा छलफल गर्नु पर्ने एमालेको जिकिर रहेको छ । भने कांग्रेस, माओवादी केन्द्र लगायतले कार्यसुचिमा समावेश गरिएको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा रहेका छन् । अविश्वासको प्रस्ताव पहिला कि बजेट आश्रित विधेयक भन्नेमा दलहरुबीच सहमति हुन सकेको छैन । र, यदि विधेयक पेश नगरी अविश्वासको प्रस्ताव अघि बढाए संसद अवरुद्ध गर्ने सरकारको नेतृत्वकर्ता दल एमालेले चेतावनी दिएको छ ।

यसैबिच एमाले निहुँ खोज्न आए सामना गर्न सांसदहरुलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव पास गर्ने क्रममा एमाले निहुँ खोज्न आए मुकाविला गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन् ।

सभामुख ओनसरी घर्तीले सहमतिको प्रयास जारी राखेकी छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।

Facebook Comments

Leave a Reply