‘छक्का पन्जा’को नयाँ गीत रिलिज

कला

एविसि खबर
काठमाडौं, ५ साउन । आगमी २४ भदौबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा’को नयाँ गीत रिलिज गरिएको छ । ‘हम्रा त तम्रा बाहेक को छ र’ बोलको गीत सार्वजनिक गर्दै निर्माणपक्षले प्रचारलाई आक्रामक बनाएको छ । आमा सरस्वती गीतादेवी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रको यो गीतमा कृष्ण काफ्ले र दीपाश्रीको स्वर छ । यो चलचित्रलाई दीपाश्रीले नै निर्देशन गरेकी हुन् ।

शान्तिप्रियले लेखेको यो गीतमा दीपक शर्माको संगीत छ । पश्चिमेली शैलीको यो गीतको भिडियो पनि रोचक बनेको छ । विपिन मल्लको सम्पादन रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ । चलचित्रका मुख्य कलाकार दीपकराज गिरी र प्रियंका कार्कीलाई यो गीतमा फिचरिङ गरिएको छ । साथमा चलचित्रका मुख्य कलाकारहरू जीतु नेपाल, केदार घिमिरे, नम्रता सापकोटा, शिवहरी पौडेल, वर्षा राउत, वुद्धी तामाङलाई पनि गीतमा देखाइएको छ ।

गीतपछि कलाकार वुद्धी तामाङको छोटो संवाद समावेश गरिएको छ, जसले दर्शकलाई हसाँउछ । ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ पछि दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले यो चलचित्र निर्माण गरेका हुन् ।

Facebook Comments

Leave a Reply