नयाँ मार्गीमा गुरु चेलाको जमघट

एविसि खबर
काठमाडौं, ५ साउन । काठमाडौंको वसुन्धरास्थित नयाँ मार्गी संगीत एकेडमी गुरु चेलाहरूको जमघट भएको छ । गुरु पूर्णिमाको अवसर पारेर एकेडमीमा साधनारत शिक्षार्थीहरूले कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा एकेडमीका प्रिन्सिपल तथा संगीतकार डक्टर किरातले गुरुलाई मान्ने प्रचलनले गुरुचेलाबीचको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् । अन्य शिक्षालयहरूमा भन्दा बढी संगीतको शिक्षा भावनात्मक भएकाले नै संगीतकर्मीबीच यसको छुट्टै महत्व रहेको उनले बताए । उनले संगीतलाई मनोरञ्जनको साधनाको रूपमा मात्र नहेरेर साधनाका रूपमा लिनुपर्ने बताएका छन् । नयाँ मार्गी संगीत एकेडमीले स्थापनादेखि हालसम्म सिकाउँदै आएको संगीत, गायन तथा नृत्यका सबै विद्यार्थीहरूले प्रगतीको शिखर चुमिरहेको बताउँदै उनीहरूलाई एकेडमीको तर्फबाट सदा शुभकामना रहने पनि बताएका छन् ।

naya margi

कार्यक्रममा पुरानो ख्याती प्राप्त गायिका विमला राईको विशेष उपस्थिति रहेको थियो । गायिका राईले संगीतमा गुरुहरूको आदर सम्मान गर्ने परम्परा निकै महत्वपूर्ण रहेको बताइन् । उनले हिजोजस्तो गीत संगीत कालजयी बनाउन पछिल्लो समयमा नभएको गुनासो गर्दै आपूm मरेर गए पनि नमर्ने सिर्जना गर्नुपर्नेमा सबैजना संगीतका सहयात्रीहरू लाग्नुपर्ने धारणा राखेकी छन् ।

कार्यक्रममा भोकलका शिक्षार्थीहरूले विभिन्न किसिमका गीतहरू प्रस्तुत गरेका थिए भने नृत्यका शिक्षार्थीहरूले शास्त्रीय नृत्य तथा लोकआधुनिक नृत्यहरू प्रस्तुत गरेका थिए । कार्यक्रम एकेडमीको हलमा सम्पन्न भएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment