पूर्ण खोपयुक्त गाविस खार्मी

एविसि खबर
खोटाङ,४ साउन । जिल्लाको उत्तरी गाविस खार्मीलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका दुई वर्षमुनिका बालबालिकालाई नेपाल सरकारले सञ्चालन गरेको सबै प्रकारका रोप लगाएको सुनिश्चित भएपछि खार्मी गाविसलाई आइतबार पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो । स्थानीय कालिका माविको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले दशौँ गाविसका रूपमा खार्मी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेका छन् ।

सात सय ७४ घरधुरी रहेको खार्मी गाविसमा दुई वर्षमुनिका ७१ जना बालबालिका रहेका स्वास्थ्य चौकी खार्मीका प्रमुख नवीन लामिछानेले जानकारी दिए । गाविस सचिव तथा गाउँ स्वास्थ्य सहयोग समन्वय समितिका अध्यक्ष चित्रकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिधि, कार्यालय प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा किरात राईहरूको सांस्कृतिक ना साकेला सिलीसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै प्रजिअ कार्कीले खार्मी गाविसका सबै प्रकारका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । खार्मीवासीले प्रजिअ कार्कीलाई गाविसको विकास निर्माण तथा शान्ति सुरक्षालाई गम्भीरताका साथ लिइदिन अनुरोध गरेका थिए । सदरमुकाम दिक्तेलसँग जोडिएको खार्मी गाविस विकास निर्माणको क्षेत्रमा पछाडि छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment