‘ड्राइभर दाई’को ट्रेलर गीत आयो

कला

एविसि खबर

काठमाडौं । बिजी फिल्मस् प्रालिको व्यानरमा बीएस बलामी प्रस्तुतकर्ता र निर्देशक रहेको फिल्म ‘ड्राइभर’को ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा उपप्रधान तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले ट्रेलर र गीत सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मन्त्री मैनालीले फिल्मको ट्रेलर र गीतको तारिफ गर्दै यथार्थ जीवनमा आधारित रहेर फिल्म बनाउन सुझाव दिए । उनले आफुले समय पाएमा फिल्म हेर्ने पनि बताए । निर्देशक बलामीले गाडीमा काम गर्ने ड्राइभरको संघर्षलाई फिल्ममा प्रस्तुत गरिएको बताउँदै फिल्ममा रोमान्स, एक्सन र संघर्ष देखाइएको बताए । कलाकार किशोर खतिवडाले फिल्मले ड्राइभर पेशाको परिभाषालाई बदल्ने दाबी गरे ।

आगामी भाद्र ३१ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा किशोरसँगै सिमा केसी, प्रज्जवल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।

राजेन्द्र गौतम र ज्ञानु श्रेष्ठ निर्माता रहेको फिल्ममा गेहेन्द्र बज्राचार्य कार्यकारी निर्माता र दीपेश पाठक सह–निर्माता छन् । फिल्ममा निर्देशक बलामीकै कथा, टंक बुढाथोकी र राज सागरको संगीत, बब्बु थापा र निशा शर्माको नृत्य, श्री श्रेष्ठको द्वन्द्व, सौखिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन र सुमन तण्डुकारको छायांकन छ ।

कार्यक्रममा निर्देशक बलामीले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘नेपालीको सान’ नामक फिल्मको घोषणा पनि गरिएको थियो ।

Facebook Comments

Leave a Reply