प्रवीणले सुनाए कविता

समाचार

एविसि खबर

काठमाडौं, ३ साउन । गुरूकुल थिएटरमा रहँदा उनी अभिनयसहित रंगकर्मका अन्य कामका लागि मात्र परिचित थिए । तर, उनले सानैदेखि कविता पनि लेख्दै आएका थिए । जसरी स्टेजबाहेक नेपथ्यमा काम गर्ने रंगकर्मीलाई दर्शकले देख्दैनन् त्यसरी नै उनको कविताकर्मका बारेमा गुरूकुलका रंगकर्मीबाहेक अरुलाई थाहा थिएन ।

गुरूकुल छँदा साथीहरुलाई वरीपरी राखेर कविता सुनाउने बानी परेका प्रविण खतिवडाले गुरूकुल भत्किएपछि भने त्यो मौका गुमाउनुप¥यो । सुनाएपनि एक दुई व्यक्तिका बीचमा मात्र हुने गथ्र्यो । यसै शुक्रबार स्वयम्भूस्थित ह्वाइट ¥याबिट रेष्टुराँमा गार्डेन थिएटरद्वारा आयोजित ‘कोलाज इभिनिङ ः कविता कन्सर्ट’ को छैठौं श्रृंखलामा भने यी प्रखर अभिनेताले करिब ८० स्रोताको समुहमा लाइभ म्युजिकसहित एकल कविता वाचन गरे । कवितालाई संगीतसँग जोड्ने उद्देश्यसहित प्रत्येक महिनाको अन्तिम शुक्रबार सञ्चालन हुने कविता कन्सर्टमा खतिवडाले संगीतकार तथा गायक प्रकाश गन्धर्वको सारंगीको धुनसँग करिब एक दर्जन कविता वाचन गरेका हुन् ।

एक घन्टा चलेको कार्यक्रममा गायक गन्धर्वले खतिवडाको एक कवितालाई सारंगीतको धुनमा गीत बनाएर गाएका थिए । खतिवडाले छोरीको आँखा, तिमीसँग झगडा गरेको रात, कि बहुलाइरहेछु, रित्तो छैन, छायाँ, कल्पनाको क्षण नम्बर २, मायालु नम्बर २, मैले देखेको एउटा जीवन ऊ, रोकिएको समयलगायत कविताबाट सशस्त्र युद्ध, मधेस, प्रेम, राजनीतिलगायत विषय व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यतिर उनले ‘सरप्राइज कविता’ भन्दै ‘विक्षिप्तता’ शीर्षकमा आफ्ना गुरू तथा रंगकर्मी सुनील पोखरेलको जीवनमाथि लेखेको कविता सुनाउँदा ‘वान्स मोर’ पाए ।

उनले सुनाएकामध्ये अधिकांश गुरूकुल भत्किएपछि निरास हुँदा लेखिएका कविता सुनाएका थिए । ‘सानैदेखि लेखेपनि गुरूकुल छँदा धेरै लेखेँ,’ उनले सुनाए, ‘तर यहाँ सुनाएका अधिकांश कविता गुरूकुलबाट छुट्टिएपछिका हुन् । चरम निरासामा पुगेका बेला मलाई एक्कासी कविता फुर्थे। कुनै कुराले छोयो भने म राजनीति, समाजसँग आफू र आफ्नो भोगाइलाई जोडेर कविता लेख्थेँ र हलुका हुन्थेँ ।’

कार्यक्रमपछि पहिलोपटक एकल कविता वाचनमा उत्रँदाको अनुभव साट्दै खतिवडाले एउटा अभिनेताका लागि आफ्नै कविता मञ्चमा सुनाउँदा चुनौतिपुर्ण रहेको सुनाए । केही वर्षअघि बेपत्ता नागरिकको अधिकारका लागि मण्डला थिएटरमा एउटा कविता वाचन गर्दा त्यस्तो अप्ठ्यारो महसुस भएको थिएन,’ उनले भने, ‘तर पहिलोपटक एकल कविता वाचन गर्दा भने साह्रै डरको अनुभूति भयो। गुरूकुल छँदा दुईवटा कविता मञ्चन गरेको थिएँ। तर, अरुको डायलग बोकेर मञ्चमा जाँदा जति आत्मविश्वास हुन्छ त्यति नै डर आफ्नै कविता वाचन गर्दा हुँदो रहेछ ।’

भावलाई पकड्न सक्ने खुबी कवि र अभिनेताबीचको समानता हो भन्दै खतिवडाले एउटा अभिनेतामा कविताप्रतिको बुझाई हुनैपर्ने जिकिर गरे ।

Facebook Comments

Leave a Reply