भोजपुरमा सात गाविस उत्तिर्ण

विवेक राई
भोजपुर, २ साउन । आर्थिक वर्ष २०७२÷७३ मा भोजपुरका ७ गाविस मात्र न्युनतम शर्तमापन तथा कार्यसम्पादनमा उत्तिर्ण भएका छन् । २ नगरपालिका सहित ५४ गाविस रहेको भोजपुरमा यस आर्थिक वर्षमा वासिङ्गथर्पु, बोया, हेलौँछा, बासिखोरा, युँ, साङ्गपाङ्ग र बैकुण्ठे गरि सात गाविसमात्र न्युनतम शर्त मापन तथा कार्यसम्पादनमा सफल भएका हुन् । स्थानीय निकाय वित्तिय आयोगले स्थानीय निकायको एमसिपिएम मापन गर्ने गर्छ ।

गत वर्ष भने भोजपुरका १३ वटा गाविस मात्र न्युनतम शर्तमापनमा असफल भएका थिए । जिल्ला विकास समितिका कार्यक्रम अधिकृत सुरेन्द्र राईकाअनुसार ।यस वर्ष गाविसहरुले नै न्युनतम शर्तमापन तथा कार्यसम्पादनलाई बहिष्कार गरेका कारण भोजपुरमा असफल हुनेको संख्या बढेको बताए । यसैगरि जिल्ला विकास समिति भोजपुरले न्युनतम शर्त मापन तथा कार्यसम्पादन मुल्यांकन एमसिपिएममा यस आर्थिक वर्षमा ६७ अंक पाएको छ । यो अंक गत वर्षको भन्दा १ अंकले बढि हो । गत वर्ष जिविसले ६६ अंक पाएको थियो ।

जिल्ला विकास समितिको एमसिपिएम विभिन्न ४६ वटा सुचकको आधारमा मापन गरिने गरिन्छ । यस आर्थिक वर्षमा धनकुटा ८५ अंक साथ न्युनतम शर्त मापन तथा कार्यसम्पादन मुल्यांकनमा पहिलो भएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment