“शिक्षक संगठन नै शिक्षा ऐन असफल बनाउन सक्रिय”

एविसि खबर
काठमाडौं, २ साउन । एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो)ले शिक्षकका केहि संघसंगठन शिक्षा ऐनलाई असफल बनाउन सक्रिय रहेका आरोप लगाएको छ . नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठन अस्थायी, राहत, निजीलगायतका शिक्षकका पेशागत माग प्रति संवेदनशील नभएको समेत संगठनले दावी गरेको छ . महासंघमा पनि शिक्षक संघसंगठनह?कै बाहिल्य रहेकाले महासंघनै शिक्षा ऐनको विपक्षमा रहेको युण्टोका महासचिव शंकर अधिकारीले बताए . महासंघले ऐन राम्रो भन्दै पहिले स्वागत गरेपनि पछिल्लो समय पत्रकार सम्मेलन नै गरेर विरोध जनाउन’ शंकास्पद रहेको अधिकारीको जिकिर छ .

य’एण्टो काठमाडौँको एकता भेलालाई सम्बोधन गर्दै महासचिव अधिकारीले संघसंगठनह? शिक्षा ऐनको वि?द्धमा लागेकाले शिक्षकह? मिलेर त्यसको प्रतिरोध गनर्’पर्ने बताए . सवै कुरा राम्रा भए महासंघको विरोध किन ? प्रश्न गर्दै अधिकारीले संगठन सदस्यह?लाई ऐन लिएर विद्यालय विद्यालयका शिक्षकह?सम्म प’ग्न निर्देशन समेत दिए . )६३ पछि )७३ सम्म ८ जना शिक्षा मन्त्री फेरीएपनि कसैले शिक्षा ऐनको संशोधन विधेयक संसदसम्म लग्न नसकेको तर्क गर्दै निवर्तमान शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पहल कदमी लिँदै ऐन संसदबाट पारित गराएको उनले दावी गरे .

युएण्टो काठमाडौँका अध्यक्ष भिम पोखरेलले अस्थायी, राहत, निजी, ईसिडी शिक्षकका हक र अधिकारका पक्षमा युएण्टो मात्रै निरन्तर लागिरहेको भन्दै ऐनले उपलब्ध गराएको अधिकारको रक्षा गर्दै उनीह?को पक्षमा निरन्तर संघर्ष गर्ने बताए . अब संगठन ऐनको कार्यान्वयन र शैक्षिक प’नर्संरचनामा केन्द्रित हुने भन्दै पोखरेलले महासंघमा य’एण्टोको नेतृत्व नआउदासम्म त्यसले शिक्षकको पक्षमा काम गर्नै नसक्ने जिकिर गरे .

भेलाका प्रमुख अतिथि माओवादी सचिवालय सदस्य तथा शिक्षक विभाग प्रमुख पुष्पबिक्रम मल्लले शिक्षा ऐनले नै शिक्षकलाई राजनीतिक दलको सदस्य बन्न छुट दिएकाले म यो दलको भन्न शिक्षक डराउनु नपर्ने बताए . शिक्षक समुदायमा ऐनको कार्यान्वयन गर्ने महत्यपुर्ण जिम्मेवारी आएको समेत उनको भनाई थियो .

एकता भेलाले एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन तथा अन्य घटकह? बीच एकता भएर भिम पोखरेलको नेतृत्वमा ६३ सदस्यी केन्द्रिय समिति गठन गरेको छ . जसमा नौ सदस्यी पदाधिकारी रहेका छन् .

Facebook Comments

सम्बन्धित

Leave a Comment