गिरान्चौरकालागि ५ करोड पुग्न २५ लाख बाँकी

कला

एविसि खबर

काठमाडौं, ३० असार, । धुर्मुस सुन्तली फाउण्डेशनले राखेको लक्ष्य अनुसारको रकम जुट्न अब २५ लाख मात्र बाँकी रहेको छ । फाउण्डेशनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ५ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।

कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले थालेको सहयोग संकलन अन्तिम चरणमा पुगेको छ । हालसम्ममा चार करोड ७५ लाख रुपैयाँ जुटिसकेको र थप २५ लाख जुटेपछि सहयोग संकलन बन्द गर्ने धुर्मुस–सुन्तली फाउन्डेसनका सिताराम कट्टेलले जानकारी दिएका छन् ।

गिरान्चौर एकीकृत बस्तीको अनुमानित बजेट पाँच करोड हो । अहिले सहयोग संकलन गरिरहेका संघ–संस्था र प्रतिबद्धता जनाएका व्यक्तिहरुले मात्र सहयोग उपलब्ध गराएमा पनि लक्ष्य पुरा हुने बताइएको छ । बस्ती निर्माणका लागि मृर्गौला पिडित, अपाङ्गता भएका, वद्धवृद्धा एवं बालबालिकाले समेत सहयोग गरेका छन् ।

फराकिलो मन भएका व्यक्ति तथा संस्थाको सहयोगका कारण छोटो समयमै पूर्व्निर्धारीत लक्ष्य हासिल हुन लागेको फाउन्डेसनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन् । परियोजना सञ्चालन गर्दै जाँदा लागत बढ्न जाने देखिएमा पुनः सहयोगका लागि अपील गरिने उनको भनाई छ । अब श्रमदानको आवश्यकता रहेकाले इच्छुक संघ(संस्थाले फाउन्डेसनमा सम्पर्क गर्न सक्ने पनि उनले जानकारी दिएकी छिन् ।

वैशाख १२ गते शिल्यान्यास गरेर २९ गतेदेखि सिन्धुपाल्चोकमा गिरान्चौर एकिकृत बस्ती निर्माण सुरु गरिएको थियो । अहिलेसम्म फाउन्डेसनले बस्ती निर्माणका लागि ५० लाख ७७ हजार ९ रुपैँया खर्च गरेको छ । सो रकमबाट भौतिक पूर्वाधार पानी, सडक मर्मत, घडेरी सम्याउने र निर्माण सामग्री खरिद गर्ने काम भएको फाउन्डेसनले जनाएको छ ।

दशैँअघि नै बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेकाले झरीका बाबुजुद ६५ वटै घरको जग खन्ने र गारो उठाउने काम जारी राखिएको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।

Facebook Comments

Leave a Reply