ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

समाचार, समाज

एविसि खबर
काठमाडौं, २९ असार । वर्तमान सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी ओलीले तत्कालिन एमाओवादी सँग गरेको नौ बुँधे लिखित सहमती तथा तीन बुँधे भद्र सहमति कायन्वयन नगरेको भन्दै माओवादी केन्द्र सत्ता

बाहिरिएको छ । सत्ता बाहिर आएको माओवादी केन्द्रले वर्तमान सरकारमा रहेर काम गर्न नसकिने भन्दै बाहिरिएपछि ओलि सरकारलाई विस्वासको संकट परेको छ ।

राजनैतिक हिसाबमा विस्वासको संकटमा परेको प्रधानमन्त्रीले भने तत्काल राजीनामा नदिने जनाएका छन् । उनले संसदको सामना गर्ने तयारी गरेसँगै बुधबार संसदमा उनी विरुद्व अविस्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेस र माओवादी केन्द्रले व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दुबै दलले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तर, प्रधानमन्त्री ओलीले संसदको सामना गर्छु भनेपछि सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

कांग्रेस र माओवादीलाई तीन सिट भएको नेकपा संयुक्तले पनि साथ दिएको छ । कांग्रेस प्रमुख सचेतक ईश्वरी न्यौपानेका अनुसार २५४ सांसदले हस्ताक्षर गरेका छन् ।

Facebook Comments

Leave a Reply