खोटाङमा आगलागी हुँदा दुई घर नष्ट

समाचार

संगीता राई
खोटाङ, २९ असार । खोटाङ जिल्लाको सदरमुकम दिक्तेलमा बुधबार बिहानै आगोलगी हुँदा २ घर जलेर नष्ट भएको छ । थप २ घरमा क्षति पुगेको छ । जिल्लाको अस्पताल लाईनमा एक्कासी देखिएको आगो बिहान करिब ८.३० बजे दिक्तेल नपा– २ थर्पुडाँडा लक्ष्मि पाण्डेको घरबाट निस्केको थियो । उक्त आगोे फैलने क्रममा उनकै भाइ ढक ब.पाण्डे हुँदै जीवन बस्नेत र रिजालको घरतर्फ सरेको प्रत्यक्ष दर्शीले जनाएका छन् ।

ddनगर पालिकामा यसरी पटक–पटक आगलागि हुदाँ समेत नगरपालिकाको दमकलले भने कुनै काम गर्न सकेको छैन । स्थानीयले दमकल गहनामा मात्र सिमित भएको भन्दै यसको प्रयोगप्रति ध्यान नदिएकोमा गुनासो गरेका छन् । केही समय अगाडि दिक्तेलकै रत्नपार्कमा अगोलागि हुँदा समेत दमकलको काम नभएको भन्दै स्थानीयले साह्रो अफ्ठयारो परेको बेला प्रयोगमा आउनु पर्ने दमकलनै प्रयोग नभएपछि पुजा सामग्री मात्र भएको बताएका छन् ।

उनीहरुले नगरपालिकाले दमकल जाने बाटो तथा दमकल चलाउने चालक लगायतको कुरामा कमचासो राखेकाले समस्य भएको बताएका छन् । बिहान भएको आगोलागी स्थानीयवासी, नेपाली सेना, शशस्त्र प्रहरी र जनपद प्रहरीको सक्रियतामा बल्ल नियन्त्रणमा लिन सफल भएको हो ।
क्षतिको विवरण भने आउन बाँकी छ ।

Facebook Comments

Leave a Reply