२ सय ३ औँ भानुजयन्ती मनाइदै

एविसि खबर

काठमाडौं, २९ असार । आदिकवि भानुभक्त आचार्यको २ सय ३ औं जन्मजयन्तीको अवसर पारेर बुधबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । भानु जयन्तीको अवसरमा राजधानीमा बिशेष कार्यक्रमको आयोजना गरिएको हो ।

यस्तै दार्जि्लिङ, सिक्किम लगायत नेपालीभाषी रहेका अधिकांश भारतीय क्षेत्र तथा विदेशमा समेत भानुभक्तको सम्झनामा विभिन्न कार्यक्रमहरु हुँदैछन् । विशेषगरेर साहित्यक स्रष्टाहरुले कार्यक्रमको बन्दोवस्ती गर्दै आएका छन् ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए। उनका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ ( १९१०) ‘वधूशिक्षा’ – १९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर लगायत साहित्यिक कृति पनि प्रकाशित छन् ।
आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीराम भट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगत्मा चिनाएका हुन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment