बाल प्रतिभाको खेजि ‘स्टेज अफ स्कुल डान्स’ (भिडियो सहित)

कला

एविसि खबर
काठमाडौं, २६ असार । नया प्रतिभाहरुको खेजि गर्नेउद्वेश्यका आर एण्ड आर इन्टरटेनमेन्ट प्रालिले सुरु गरेको ‘स्टेज अफ स्कुल नृत्य प्रतियोगिताको अन्तिम स्पर्धामा अभय चौधरीले उपाधी चुमेका छन् । काठमाडौंको सिनामंगलमा भएको अन्तिम प्रतिस्पर्धामा १२ जना ट्यालेन्ट राउण्डका प्रतिस्पर्धीहरु मध्ये उत्कृष्ट प्रस्तुति दिँदै उनले पहिलो स्थान सुरक्षित बनाएका हुन् । बालबालिका इन्टरनेशनल स्कुल बालाजुका विद्यार्थी अभयलाई कोरियो ग्राफर उनका बुवा ओम चौधरीले गरेका थिए ।

यसै गरी प्रतियोगिताको दास्रो स्थान आँचल धामीले सुरक्षित गरेकी छन् । कमलनेत्र स्कुल सिनामंगलमा अध्ययन गर्दै आएकी उनलाई आर एण्ड आर प्रालिका स्किपर डान्सर विनु लामाले कोरीयो ग्राफी गरेकी थिइन् , भने प्रतिस्पर्धामा सबै भन्दा सानो उमेरमा कडा प्रस्तुती दिएका नेशनल मोर्डन नेपालका विद्यार्थी जोनिश अधिकारीले तेस्रो स्थान हात पारेका छन् । उनलाई पनि प्रालिका स्किपर डान्सर सुवास लामाले कोरीयो ग्राफी दिएका थिए । प्रतियोगिताका लागि अनिश सिँह, जलज चुडाल लगायतलाई स्किपर डान्सर तोकीएको थियो ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको अध्यक्षता आर एण्ड आर प्रालिका संचालक तथा ते–क्वान्दो महासँघका कोषाध्याक्ष पदम रानाले गरेका थिए । सिटिभि स्टेज अफ स्कुल डान्स कम्पिटिसन नाम दिएको कार्यक्रममा सिटिभि मोवाइलका प्रबन्धक अलाइभ ग्लाइडरको प्रमुख आथित्य तथा प्राज्ञ शान्तिराम राई एवं मिस तामाङ ‘२०१६’ उर्मिला लामा लगायत विशेष अतिथि रहेका थिए ।

कार्यक्रममा सहभागी सबैलाई स्वागत तथा कार्यक्रमका बारेमा स्पष्ट पादै प्रालिका संचालक किरात विन्द्रले बालबालिका खुम्चेका प्रतिभाहरुलाई प्रस्फुटन गराउनु कार्यक्रमले अलिकती भएपनि मद्यत गर्ने विस्वास लिएको बताएका छन् । उनले आजको बालबालिका भोलिका भविष्य हुन भने उनीहरुमा भएको फरक क्षमताको पहिचान गर्न कार्यक्रम आयोजान गरिएको बताए

कार्यक्रममा विभिन्न अन्य सहभागिहरु विद्यार्थी तथा विद्यालयहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा अन्य अप्रतियोगी नृत्य तथा सांगीतिक कार्यक्रमहरु समेत रहेको थियो ।

भिडियोहरु हेर्न तल जानुहोस …

 

https://www.youtube.com/watch?v=IkY70ovC_dk

Facebook Comments

Leave a Reply