ज्येष्ठ नागरिक सम्मानित

समाचार

सिरहा, २५ असार । सामाजिक सेवाको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै सिरहाका ज्येष्ठ नागरिकलाई एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । महिला तथा बालबालिका कार्यालय सिरहाले आयोजना गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीसँग सीप हस्तान्तरण कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै सिरहा माडर निवासी अवकास प्राप्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीकान्त झा, नेपाल बैंक लिमिटेडका पूर्व प्रबन्धक गृहनाथ झा, पूर्व प्रधानाध्यापक जीबछप्रसाद यादव, पूर्व सहकारी अधिकृत विन्देश्वर यादव मोरवैता, शिक्षक तपेश्वर मण्डल, समाजसेवी भोला महतो, महावीर पासवान, मो रहमान राईनलगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

महिला तथा बालबालिका कार्यालयका अधिकृत अनिता तामाङगको अध्यक्षतामा आयोजित कार्यक्रममा वक्ताहरुले अघिल्लो पुस्ताले अवलम्बन गरेका सकारात्मक सीप र क्षमता भावी पुस्तामा हस्तान्तरण गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादव, स्रोत केन्द्रका स्रोत व्यक्ति जीवनेश्वर यादव, विद्यालयका प्रअ शशीशेखर गोइत, युवराज कार्की, शिक्षक रामबाबु यादव, उपेन्द्रराम लगायतले मुलुकको भविष्यका कर्णधार बालबालिकामा सकारात्मक ज्ञान र क्षमताको विकासका लागि सबैले ध्यान दिनुपर्ने धारणा राखेका छन् ।

Facebook Comments

Leave a Reply