गीत : काडाँ बनि घोचेर गयौ

अरुणिमा

– मीना पुमा राई

फूल भनि सजाकोथे काडाँ बनि घोचेर गयौ
मुटु भित्रै राखेकोथे कुन्नि के के सोचेर गयौ

गुनासो छैन मलाई जुन डालीमा फुल्छौ फूल
हाँगा मै झुल्छौ या पातमा जहाँ झुल्छौ झुल
कोमल मेरो छातीमा तिखो छुरा रोपेर गयौ
मुटु भित्रै राखेको थिए कुन्नि के के सोचेर गयौ

अजम्बरी भै बाँच चाहे ओइलिर्ए भुइँमा झर
तिमीलाई केही भन्दिन जे मन लाग्छ त्यहि गर
निशासिंदो बादल भित्र मलाई एक्लै छोपेर गयौ
मुटु भित्रै राखेकोथें कुन्नि के के सोचेर गयौ
–खोटाङ

Facebook Comments

Leave a Reply