पत्रकारलाई प्रशिक्षण

समाचार

एविसि खबर
धादिङ, २४ असार । धादिङमा क्रियाशील पत्रकारलाई विपद्को अवस्था र हिंसाका घटनाको समाचार सङ्कलन, सम्प्रेषण वा प्रकाशन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा प्रशिक्षण दिइएको छ ।

नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको समन्वयमा एकदिने प्रशिक्षण कार्यक्रम भएको हो । प्रशिक्षणमा कार्यपत्र प्रस्तुत गर्दै महासङ्घका सचिव ध्रुव लम्सालले विपद् र हिंसासम्बन्धी घटनामाथि कलम चलाउँदा पत्रकार स्वयम् संवेदनशील हुनुपर्ने बताए ।

प्रशिक्षणमा विपद् र हिंसासम्बन्धी घटनाको समाचार संकलन गर्दा पीडितलाई झन् पीडा नहोस् भन्नेतर्फ सचेत हुनुपर्ने र प्रकाशित समाचारबाट राष्ट्र र राष्ट्रियतामाथि पर्ने प्रभावका बारेमा ख्याल राख्नुपर्ने बताइयो । प्रशिक्षणमा विभिन्न सञ्चारमाध्यममा कार्यरत ४० पत्रकारको सहभागिता थियो ।

Facebook Comments

Leave a Reply