राष्ट्रिय भाषा तथा मातृभाषा सम्बन्धि एक दिने गोष्ठि

सरीता पुमा राई
काठमाण्डौं, २२ आसार । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठान लगनखेल लतिपुरको आयोजनामा नेपालको राष्ट्रिय भाषा तथा मातृभाषाको प्रयोग विस्तार सम्बन्धि एक दिने गोष्ठिको सकिएको छ । बुधबार सम्पन्न भएको कार्यक्रमको उदघाटन संघिय मामिला तथा स्थानिय राज्यमन्त्री कुन्ती कुमारी शाहिले गरेको थिइन ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सभाहल जावालाखेलमा भएको कार्यक्रममा उनले विभिन्न जातजातिहरुले आफनो भाषा ,संस्कृतिहरुको आफै संरक्षण गर्नुपर्ने बताएकी छन् । नेपाल सानो भएता पनि विभिन्न जातजातीहरुको बस्ने थलो भएकाले भाषा संस्कृतिको संरक्षण आवश्यक रहेको उनको भनाइ थिायो । कार्यक्रममा नेपाल प्रज्ञा प्रष्ठिानको मातृभाषाको प्रमुख प्राज्ञ श्रवण मुकारुङले भाषा संस्कार संस्कृतिले मानिसको अस्तित्वको बचाएर राखेको बताए ।

कार्यक्रममा भाषा विज्ञान समाजको अध्यक्ष कमलमणि पाडैल ,लगायतले मन्तव्य व्याक्त गरेका थिए । नया संविधानमा भाषा र भाषा आयोग बिषयमा अमृत योञ्जनले एक कार्यपत्र प्रस्तुत गरेका थिए भने उनको कार्यपत्रमाथि अधिबक्ता अधिवत्ता शंकर लिम्बुले टिप्पणी गरेका थिए । उनले कार्यपत्र टिप्पणी गर्ने क्रममा भाषाको कारणले गर्दा लोकसेवा आयोगमा आदिवासी जनजातिहरुले कतिपय अवस्थामा मातृभाषाको कारण नाम निष्कन नसकेको भन्दै अब लोकसेवा आयोगमा पनि आफनो मातृभाषाबाट परिक्षा दिन नेपाल सरकारले अनुमति दिनुपर्ने बताए ।

त्यसैगरी कार्यक्रममा शिक्षा र संचारमा भातृभाषाको प्रयोग विस्तार बिषयमा अमर तुम्याहाङले र नेपालमा मातृभाषाको विकासमा आधुनिक सुचना प्रविधीको प्रयोग स्थिती, आचौत्यता र चुनौति बिषयमा प्रा डा दानराज रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनिहरुको कार्यपत्र माथि टिप्पणीकारदय प्रा डा माधव प्रसाद पोखले र डा बलराम प्रसाईले टिप्पणी गरेका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment