हेर्दा हेर्दै बग्यो लिपिङ

एविसि खबर
सिन्धुपाल्चोक, २२ असार । मंगलवार बेलुका करिब १० गते हेर्दा हेर्दै चीनको खासा क्षेत्रमा गएको पहिरोले थुनिएको भोटेकोशी एक्कासी खुला तातोपानीको लिपिङ बजार बगेको छ । खासा क्षेत्रमा गएको परेको अविरल वर्षापछि ठूलो पहिरो गएर भोटेकोशी थुनिएको थियो ।

स्थानीयका अनुसार बेलुका साँडे ९ बजे तीर प्रहरीले स्थानीयलाई खबर गरेपछि उनीहरु सुरक्षित स्थानमा गएको हो । एकैछिनमा अर्को खबर आयो–‘पहिरोले थुनिएको भोटेकोशी फुट्यो, सुरक्षित रहनु ।’ यी दुई खबर नआएको भए शायद ठूलो मानवीय क्षति हुनसक्थ्यो । खबर आउनासाथ हामीले तत्कालै स्थानीय वासिन्दाहरू, जसको हामीसँग फोन थियो, सम्पर्क ग¥यौं ।

माथिबाट बाढी आउनसक्छ, सुरक्षित स्थानमा जानु भनेर आग्रह ग(यौं । एक एक गर्दै खबर फैलियो र स्थानीयहरू अग्लो स्थानमा जान भ्याए । धन्न उनीहरूको ज्यान जोगियो । केहीबेरमा भोटेकोशीमा ठूलो बाढी आयो । त्यत्रो बाढी त पहिले कहिल्यै देखेको थिइनँ । हेर्दै अत्यासलाग्दो थियो ।

हेर्दाहेर्दै तातोपानी नाका (मितेरी पुल) छेउमा नेपाली भूभागमा रहेको लिपिङ बजारका सबै घर बाढीले बगायो । सिंगो बजार बग्यो । स्थानीयहरू रुन थाले । तपाईँहरूलाई कल्पना गर्न गाह्रो पर्ला तर लिपिङ बजार टोटल्ली कोेल्याप्स (पूर्ण रूपमा सखाप) भएको छ ।

त्यो ठाउँ अहिले उजाड देखिएको छ । फेरि पानी आयो भने बाँकी रहेका केही घरको नाम निशाना रहने छैन । अन्दाजी २२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । तातोपानी क्षेत्रका राजमार्ग छेउछाउका अधिकांश घरहरू उच्च जोखिममा छन् ।

एउटा बोर्डिङ स्कुल पनि बगाएको छ । भेडा बाख्रा र गाईगोठ पनि बगाएको छ । राजमार्गको बाटो नराम्ररी बिग्रेको छ । भत्केको छ । यातायात सम्पूर्ण रूपमा प्रभावित भएको छ ।

सबैभन्दा बढी क्षति त उपल्लो भोटेकोशी जलविद्युत् आयोजनामा भएको छ । उक्त आयोजनाको पावर हाउस र बाँधमा ठूलो क्षति भएको छ । क्षतिको एकिन विवरण त आइसकेको छैन तर अर्बौंको क्षति भएको अनुमान गर्न सकिन्छ ।

लामोसाँघुदेखि माथि बाटो भत्केको छ । जुरेको पहिरो गएको ठाउँमा पनि बाटो पूर्ण रूपमा बिग्रेको छ । तातोपानी क्षेत्रका झोलुंगे पुल बाढीले भत्काएको छ ।

स्थानीयसँग रातभर जंगलमा जाग्राम बसी बाढी आउँदैछ भन्ने सूचना पाउँदा अधिकांश स्थानीयहरूको खाना खाने समय परेको थियो । सूचना पाउनासाथ हामी स्थानीयलाई लिएर उच्च स्थानतिर लाग्यौं ।स्थानीयहरू झिटीगुम्टा बोकेर, बालबच्चा, वृद्धलाई बोकेर हामीसँगै जंगलतिर जानुभयो । हामी स्थानीयसँगै बस्यौं रातभर जंगलमा । डर, त्रासले सबै भयभीत छन् ।

कोही अझै पनि डाँडातिर गइरहेका छन् भने कोही हिँडेर काठमाडौंतिर फर्किरहेका छन् । स्थानीयहरूको बिजोग भएको छ ।

प्रहरी चौकी पनि असुरक्षित छ । भवनको पिलरमा क्षति पुगेको छ । फेरि पानी आयो भने भत्कने सम्भावना छ । उच्च जोखिमा पुगेको छ हाम्रो भवन । हामी आफैं जनताको सुरक्षाको लागि खटिएकाले डराउने कुरा त भएन तर त्यो भवनमा बस्नसक्ने अवस्था छैन । अब पाल टाँगेर अस्थायी बन्दोबस्त गर्नुपर्ला भन्ने सोचिरहेका छौं ।

Facebook Comments

सम्बन्धित

Leave a Comment