सहमतीय सरकारबारे छलफल गर्न माओवादी बैठक

एविसि खबर
काठमाडौं, २२ असार । सहमतीय सरकार गठनमा लागिपरेको नेकपा माओवादी केन्द्रको पोलिट्व्युरो बैठक पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा विहान ११ बजेपछि बस्ने बैठकमा सरकार गठनबारे छलफल हुने बताइएको छ ।

अध्यक्ष दाहाल बाट सुरु बैठकमा छलफलको एजेन्डाको रुपमा सहमतीय सरकार गठनको एजेन्डा ल्याएसँगै बिस्तृत रुपमा छलफल हुन लागेको हो । राष्ट्रिय सरकारका बारेमा कांग्रेस र एमालेको रणनीति बुझ्ने, एमालेसँग भएको नौबुँदे लिखित र तीनबुँदे मौखिक सहमति कार्यान्वयनका लागि दबाब दिने र राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफ्नो पहलकदमी बढाइराख्न विषयमा छलफल हुने केन्द्रले जनाएको छ ।

बैठकमा नेता वर्षमान पुन नेतृत्वको संगठनात्मक व्यवस्थापन र सुदृढिकरणसम्बन्धी कार्यदलले मंगलबार पेश गरेको प्रतिवेदनमाथि समेत छलफल हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment