दयाहाङ अभिनित ‘वीर विक्रम’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

एविसि खबर
नेपाली चलचित्रमा अब्बल अभिनेता दयाहाङ राईद्वारा अभिनित चलचित्र ‘बीर विक्रम’ ट्रेलर सार्वजनिक भएको छ । भदौ ३ गते रिलिज हुने ‘वीर विक्रम’को ट्रेलर रिलिज गरिएको हो ।

मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, नाजिर हुसेनको साथमा नया“ प्रस्तुतीको रुपमा दीया पुनको मुख्य भूमिका रहेको छ । ट्रेलरमा प्रेम, धोका, बदला र युद्धको कथालाई देखाइएको छ । अन्य फिल्ममा भन्दा दयाहाङ भिन्न देखिएका छन्। एकमात्र नायिका दीयाको वरिपरी घुम्ने ३ यूवाको प्रेमकथामा फिल्मको कथा घुमेको छ। ट्रेलरमा नाजिर हुसेन कमेडी रोलमा देखिएका छन् ।

लण्डन सीने आइ प्रोडक्शनमा यो चलचित्र निर्माण भएको हो । यसैविच, नायक दयाहाङ राई आफू अभिनित चलचित्र ‘वीर विक्रम’ रिलिजका लागि अष्ट्रेलिया जाने भएका छन् । अगष्टमा अष्ट्रेलियाको सिड्नी, मेलवर्न, व्रिसवेनमा फिल्म पर्दर्शन हुने जानकारी निर्माण पक्षले दिएको छ ।

दयाहाङसँगै बसेर दर्शकले फिल्म हेर्न पाउने प्रवद्र्धक कम्पनी नमस्ते इन्टरटेन्मेन्टले जानकारी दियो। दयाले अन्य मुलुकका कलाकारसरह भिसा प्राप्त गरेको नमस्ते इन्टरटेन्मेन्टका गोविन्द भण्डारीले बताए ।

भिडियो हेर्नुहोस

Facebook Comments

सम्बन्धित

Leave a Comment