जडीबुटी खेतितर्फ आकर्षण बढ्दै

समाचार

विवेक राई
भोजपुर, १७ असार । जडीबुटी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लामा पछिल्लो समय कृषकहरू जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । व्यवसायिक रूपमा गैरकाष्ठ जडीबुटीमा लोपन्मुख तथा बहुमूल्य रहेका चिराइतो, सतुवा, लोडसल्ला, किवि, सिम्खुदो, स्ट्रबेरि, दाते ओखर, जापानिज नास्पति, पाखनीबेद, पदम्चाल लगायतको जडीबुटी खेतीबाट आत्मनिर्भर बन्न थालेका हुन् ।

भिन्नभिन्न समस्यामा छुट्टाछुट्टै जडीबुटीको प्रयोग गरिने गरिन्छ । हावापानी तथा मौसम अनुकुल वातावरणमा उत्पादन गर्न सकिने भए पनि उत्पादनले चित्त बुभ्mदो आम्दानि दिने गरेको व्यवसायिक कृषकहरू बताउँछन् । चिसो हावापानी अर्थात लेकाली भेगमा मात्र हुने चिराइतोको धेरै महत्व रहिआएको छ । पशुपंक्षी तथा मानवको लागि ज्वरो आउँदा घाटि दुख्दा तथा अन्य रोगको औषधीको रूपमा प्रयोग गरिने गरेको चिराइतो केहिवर्ष अघि लेकाली क्षेत्रका चौरमा फाट्टफुट्ट देख्न पाइन्थ्यो ।

पछिल्लो समयमा यसको माग दिनप्रतिदिन वृद्धि भएसँगै यहाँका कृषकहरू चिराइतो खेतीमा आकर्षित भएको जिल्लाका चिराइतो कृषक मानबहादुर राईले बताए । उनले अनुसार विरुवा बेचेर मात्र वार्षिक २ लाखभन्दा बढी आम्दानी लिने गरेको सुनाए । ०५९ साल देखि सर्सिया र अलाता प्रजातिको चिराइतो खेती गरिरहेका उनले थोरै लगानिमा धेरै आम्दानी लिन सकिने चिराइतोको खेती भएको बताए ।

त्यस्तै जिल्लामा पछिल्लो समय कृषकहरू सतुवा खेतीबाट पनि आत्मनिर्भर बन्न थालेका छन् । चारो र घासको रूपमा बंगुर तथा गाईगोरुलाई दिने गरिएको सतुवाको महत्व बुझेपछि यहाँका कृषकहरू यसको खेती गर्नतिर आकर्षित भएका हुन् । दाँत, पायल्स, हाडजोर्नी तथा अन्य रोगको औषधिको रूपमा प्रयोग गरिने सतुवाको सुकेको गानाप्रति केजी ८ हजारसम्ममा बिक्री हुने गरेको छ । गाउँघरमा सर्पको मकै भनेर चिनेने सतुवा जिल्लाको किमालुङ, बोया, तिम्मा लगायतका गाविसहरूमा व्यवसायिकरूपमा लगाउन थालिएको हो ।

Facebook Comments

Leave a Reply