पाँचथरमा असारे विकास राता रात

समाचार

एविसि खबर
पाँचथर, १८ असार । आर्थिक वर्षको अन्त्यसम्ममा बजेटलाई जसरी नि खर्च गर्ने भन्दै पाँचथरमा असारे विकासको चटारो बढेको छ । नेपाल सरकारले देशभरिका दशवटा सहरलाई नयाँ सहरका रूपमा बिकास गर्ने योजना बनएको पाँचथरको फिदिममा बेलामा काम नगरी असारमा बजेट सक्नलाई रातभर सूत्न समेत छाडेका छन् ।

यता रातारात गरेर हतारमा गुणस्तरहीन काम गरे पनि कामको अनुगमन नभएकोमा आम उपभोक्ताहरूले भने गुनासो गरेका छन् । फिदिममा १२ असार यता मात्र करिब ८ उपभोक्ता समितिमार्फत काम भइरहेको छ । बैशाख महिनायता काममा तिव्रता दिएका आयोजनाहरू अरू थुप्रै रहेका छन् ।

पछिल्लो समय असारको दोस्रो साता सुरु भएका अयोजनामा रातारात काम भइरहेको छ । रातारात काम गर्दा गुणस्तरियताको ख्यालै नगरी बजेट सक्ने नियत देखिएको सरोकारवालाले बताए । अनुगमन कसले गर्ने उपभोक्ता र सरोकारवालाले गुनासो पोख्दै थिए । नाम नबताउँने भन्दै स्थानीय एक उपभोक्ताले भने, ‘हामी बिकास बिरोधी त हैनाँै । तर यसरी रातारात काम गर्दा गुणस्तरियताको बिषय भने पटक्कै रहन्न ।’ नयाँ सहर अयोजनाका लागि पहिलो र दोस्रो चरणमा गरेर ४ करोड २० लाख रूपैयाँ बजेट आएको छ । त्यसमध्ये पछिल्लो पटक बैशाख यता मात्रै १ करोड २४ लाख थप बजेट प्राप्त भएको आयोजना कार्यालयले जनाएको छ ।

यस आर्थिक वर्षका लागि छुट्याइएको रकम नै सक्ने अवस्था नरहेको अवस्थामा ति अयोजनाहरूलाई बहुवर्षे आयोजनामा लैजान आयोजना कार्यालयले प्रयत्न गरेको थियो । तर त्यो कार्य माथिल्लो निकायमा सुनुवाई नहुँदा सम्भव नभएको बताइएको छ । बहुवर्षे केही अयोजनामा समेत काम तोकिएअनुसार हुन सकेका छैनन् । अधिकतम १५ महिना तोकिएका काम आधा पनि भएका छैनन् । त्यसको सयम सकिनै लागेको छ । फिदिम क्षेत्रभित्र एक दर्जन अयोजनाहरू सञ्चालन हुने भए पनि तिनले गति लिन सकिरहेका छैनन् ।

पछिल्लो पटक प्राप्त बजेटको पनि अधिकतम सदुपयोग हुन सकेको छैन । कार्यालय स्रोतको भनाइअनुसार पछिल्लोपटक बैशाख यता थपिएका ८ अयोजनामा रातदिन काम भइरहेको छ । २५ असारसम्ममा काम सक्ने निर्देशन पाएका उपभोक्ता समितिले एउटै अयोजनामा ४ वटासम्म मेसिन प्रयोग गरेर सडक निर्माणको काम गरिरहेको उपभोक्ताहरूको भनाइ छ । त्यस्ता आयोजनामा काम गुणस्तरीय बन्न नसक्ने स्थानीयको भनाइ छ । कार्यालय पनि काम सकेर भुक्तानि लैजान भने पछि आर्थिक वर्ष सकिनै लाग्दा काम सुरु भएका हुन् ।

पछिल्लोपटक थपिएका ८ अयोजनाको काम १२ असारपछि मात्रै सुरु भएका हुन् । उनीहरूले थालेको काम २ साता बीचमा सक्नुपर्ने देखिन्छ । कार्यालयले समयमा बजेट दिन नसक्दा काम ढिलो गरी सुरु गर्नुपरेको उपभोक्ताको भनाई छ । फिदिम ४ मा सुरु भएको बेलफियर–चिसापानी–जोरसाल मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष प्रताप लावतीले भने, ‘ढिलो गरी जानकारी अयो । काम नगरे पैसा हराउँछ भनेकाले १२ असारपछि काम थालेका हौँ ।’

उक्त योजनाका लागि नयाँ सहरको २५ लाख रूपैयाँ बिनियोजन गरिएको छ । उपभोक्ताले अहिले रातदिन काम गरिरहेका छन् । पछिल्ला अयोजना यी हुन् नयाँ सहरका लागि पछिल्लो पटक स्वीकृत ८ अयोजनामध्ये धेरैको अवस्था उस्तै छ । सबै आयोजना बेला छउन्जेल काम नभएका र बेला घर्किएपछि तातिने काम भएको छ । अयोजनामध्ये बेलफियर–चिसापानी–जोरसाल मोटरबाटो २५ लाख बजेटको हो । त्योबाहेक जामुने खोल्सी कलभर्ट निर्माणका लागि १० लाख, सिंहसिद्ध देवी मन्दिर र मन्दिर जाने बाटो निर्माणका लागि ७ लाख, जलकन्या देवी जाने बाटो सुधारका लागि १५ लाख, बसर्पाक–बुलबुले बाटोको नालि निर्माणका लागि १४ लाख, तुम्देनचौक–थाङसाङ–जलपादेबी जोड्नेबाटोका लागि १५ लाख, पल्लोटार–एक्लेबर–जोरसाल बाटोका लागि ३० लाख बिनियोजन भएको छ । ती सबै अयोजनामा सबै काम २५ असारभित्रमा सक्ने गरी काम भइरहेका छन् । रातारात हुने काममा गुणस्तरियताको विषय जटिल देखिएको छ ।

पछिल्लो पटक स्वीकृत भएका अयोजनाबाहेक नयाँ सहर आयोजनाका अन्य योजनाहरूमा पनि तोकिएअनुसारको काम हुन सकेको छैन । अयोजनाले सार्वजानिक निर्माणका लागि ३ करोड २५ लाख खर्च गर्नेछ । नयाँ सहरभित्रको ढल–नालि निर्माणका लागि २० लाख, बसपार्क क्षेत्रको बिकासका लागि ६५ लाख बिनियोजन भएको छ । उक्त अयोजना बहुवर्षीय अयोजनामध्ये पर्छ । नयाँ सहर अयोजना कार्यालय मातहतका एक दर्जन अयोजना सञ्चालनमा छ ।

 

Facebook Comments

Leave a Reply