भोजपुरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राजनीति

विवेक राई

भोजपुर, १६ भोजपुर । नेत्रविक्रम चन्द नेतृत्वका् नेकपा माओवादि भोजपुरले विहिवार प्रशासन कार्यलय मार्फत प्रधानमन्त्रीलाईज्ञापनपत्र पठाएको छ । जिल्ला सेक्रेटरी मादेन किरातीद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा नेपालमा मौलाई रहेको भ्रष्टचार, कालोबजारी, महँगी, घुसखोरि र गुण्डागर्दीको अन्त्य गरि स्वाधिन र समृद्ध राष्ट निर्माण गर्ने विशिष्ट अभियान सन्चालन भैरहेको बताइएको छ । पार्टीको अभियानलाई जनताहरुको सहयोग, समर्थन र सहभागितापनि उतिकै जुटिरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा आफना नेता कार्यकर्ताहरुलाई देशभर बाट गिरफतार गरि झुटा मुद्धामा फसाउने कार्यप्रति घोरभत्र्सना गरेको जनाईएको छ । यस्तै भोजपुर जिल्लामा रहेका समस्याहरुको तत्काल समाधान गर्न गराउनहुन भनि जिल्ला प्रशासन कार्यलय भोजपुरलाई पनि आग्रह गरेको छ । जसमा भनिएको छ लेगुवा भोजपुर सडकमा देखा परेको समस्या तत्काल समाधान गर्नु पर्ने उल्ले छ । यस्तै जिल्लाका सवै सडकहरुको लागत कट्टा गर्नु पर्ने , एक गाविस एक सचिवको व्यवस्था गरि तत्काल कार्यक्षेत्र पठाईनु पर्ने, भूकम्प पीडित लाई तत्काल राहत उपलब्ध गराईनु पर्ने । विभिन्न सरकारी कार्यलयमा कार्यरत कार्यलय सहयोगीहरुलाई न्यायोचित पारिश्रामिक एवंम सेवा सुविधाको सुनिश्चित गरिनुपर्ने र राजनैतिक आडमा कर्मचारिहरुको मनोमानि कार्य तत्काल बन्द गरिनुपर्ने उल्लेख गरिएको छ ।

Facebook Comments

Leave a Reply