अब सोझै काठमाडौं – ल्हासा

समाचार

एविसि खबर
काठमाडौं, १६ असार । अब काठमाडौंबाट चिनको ल्हासा सम्म सिधै बस सेवा सञ्चालन हुने भएको छ । हालै नेपाल सरकारले काठमाडौंबाट चीनको ल्हासासम्म सीधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरे सँगै नेपालमा अर्को महत्वपूर्ण कार्यको सुरुवात भएको हो ।

नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन भिागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिएका दैनिक पत्रिकाहरुमा आएको समाचारमा उल्लेख गरिएको छ ।

ढकालका अनुसार नेपाल र तिब्बतबीच पर्यटन प्रवर्धन र विकास गर्ने विषयमा दुवैको एकमत रहेको भन्दै सीधा बससेवा सञ्चालन गर्ने एजेन्डामा १० वर्ष अगाडि नै सम्झौता भएको विषय भए पनि यसलाई कार्यान्वयन गर्ने उपयुक्त मोडालिटी तय नभएकाले कार्यन्वयनमा समस्या रहेको अन्नपूर्ण दैनिकले लेखेको छ ।

अहिलो उपयुक्त मोडालिटी तय गर्ने र दुवै पक्षबाट आवश्यक तयारी गरेर बस सञ्चालन गर्ने भनिएको छ । तयारीका लागि जति छिटो गर्न सक्यो उति नै चाँडो बस सञ्चालन हुन सकने गरी सहमति भएको पनि ढकालले जानकारी दिए ।

Facebook Comments

Leave a Reply