भ्रष्टाचार विरूद्धको सचेतनामा सिस्नो पानी

एविसि खबर
काठमाडौं, १५ असार । कुरिती, विसगंतीको विरोध गर्दै सामाजिक रूपान्तरणमा कृयाशिल हाँस्यव्यग्य समूह सिस्नो पानी नेपालको चौथो संस्करण सकिएको छ । हाँस्यव्यग्यका माध्यमबाट नेपाली समाजमा रहेको कुरीति कु–संस्कार तथाभ्रष्टाचार विरोधी अभियानको चौथो शृखलाको शनिबार तनहूँको दमौलीमा समापन गरेको हो ।

यात्राको अन्तिम गन्तव्य बनाएको सिस्नुपानीले तनहूँको उद्योग वाणिज्य संघको हलमा गरेको करिब ३ घण्टा लामो प्रस्तुति दिएको थियो । सस्नुपानीका महासचिव टंक राज आचार्यको रमाइलो चुटकिलाबाट सुरू भएको कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागेले भ्रष्टाचार विरोधी हास्य निबन्ध सुनाउँदै कार्यक्रमको ठट्यौली सुरूवात गरेका थिए । गाम्नागेपछि मञ्चमा उक्लेका ‘झम्के गुलेली’ गायक कमलीकान्त भेट्वाल आफ्ना दुई गीत सुनाएर करिब ५ सय बढि दर्शकले खचाखच हलको माहोललाई सांगितिक माहोल प्रदान गरे । उनले माहोललाई सांगीतिक बनाउनुका साथै कवि अर्जुन पराजुलीको शब्दमा रचित गीतमा आफ्नो लोकभाको ‘मगमा मग वासना चल्यो’को लय समिश्रण गरेर भ्रष्टाचारको विरोध गरे। उनले ’कुटुमा कुटु’ बोलको गीतबाट भ्रष्टाचारले नेपाली प्रशासन र राजनितिलाई कुरूप बनाएको सन्देश दिदैं यसका लागि लड्न आग्रह गरे ।

कमलीकान्तपछि मन्चमा फेरी गाम्नागे उक्लिए। उनले आफ्नो चर्चित व्यग्यंकविता ‘मूला’ सुनाएर सबैलाई हसाए । ततपश्चात मञ्चमा आफ्नो नामो दार्हीका लागि पनि उत्तिकै चर्चित कवि अर्जुन पराजुली देखा परे । उनले गाम्नागेले बनाएको रमाइलो माहोललाई गम्भिर शैलीमा व्यग्यभाव मिश्रित कविता सुनाएर झनै रमाइलो पारे । उनले सुरूमा आफ्नो ६२÷६३ को आन्दोलनमा भन्ने गरेको ‘आन्दोलनको खेला थियो, साँझ साँझको बेला’ थियो कविता सुनाए ततस्पश्चात उनले ‘अरूको छोरा के छोरा’ भन्ने कविता सुनाएका थिए ।

सो अन्तिम दिनको कार्यक्रममा सहभागी काठमाडौंबाट नेपाल सरकारका पूर्व मूख्य सचिव लिलामणी पौडेल अतिथिका रूपमा दमौली पुगेका थिए । उनले कार्यक्रमा सम्बोधन गरे। सम्बोधनमा उनले भ्रष्टाचारको विरूदध र सुशासनका लागि नागरिकहरुको पनि उत्तिकै जिम्मेवारी रहेको बताए । लिलामणी पोखरेलको करिब आधा घण्टा लामो सम्बोधनपछि अन्तिम प्रस्तुति बोकेर मञ्चमा उक्लेका लोकप्रिय हास्यकलाकार मनोज गजुरेलले करिब आधा घण्टाभन्दा बढि समय आफ्नो प्रहसनले दर्शकहरूलाई निरन्तर हसाए । उपस्थित दर्शकहरूले उनको ’रियल र गजुरियल’ प्रस्तुतिबाट भरपुर मनोरञ्जन प्रदान गरे । सिस्नुपानीले दमौलीमा आफ्नो चौथो यात्रा टुङ्ग्याउनु अघि सुदुर–पश्चिम र मध्य–पश्चिमका चार सहरमा आफ्नो प्रस्तुति दिएको थियो । महेन्द्र नगरबाट सुरू भएको यात्रा सुर्खेत, प्यूठान तथा पाल्पा हुँदै दमौली आइपुगेर सकिएको हो । सिस्नुपानीले यस वर्षका लागि तय गरेको यात्रा सकिएको भएतापनि आगामी वर्ष फेरी यसलाई निरन्तरता दिने जनाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment