फरक विधाका कलाकार योगिन

कला

एविसि खबर
काठमाडौं, १५ असार । गीत संगीतको बजारबाट खोटाङ जिल्लाका कलाकारहरुलाई सर्लक्क झिकि दिने हो भने नेपाली संगीत उद्योगनै अपुरो हुन्छ । खोटाङको पानीले जन्माएको कलाकारहरु गीत, रचना, गायन तथा संगीतको विधामा अब्बल बनेका छन् । काठमाडौंमा भेटिने कुनै सांगीतिक कार्यक्रममा खोटाङगे नपुगेको सायदै होलान् । पुराना कलाकार बच्चु कैलाश देखि नया शान्तिराम राई सम्म संगीतमा लामबद्व रहेका छन् । यस्तै नवल खड्का देखि महेश खड्का गायीकाहरुमा समेत निकै लामोे सूचि बन्छ खोटाङे कलाकारहरुको । यस मध्ये काठमाडौंमा संघर्षरत कलाकारको अलवा मोफसलमा बसेर निरन्तर साधना गर्दै आएका कलाकारहरु समेत उतिकै रहेका छन् ।

yogi

यीनै भिडमा फरक अस्तित्वको खोजि गर्दै आएका अर्का प्रतिभा हुन् हाँस्य कलाकार योगिन राई । उमेरले २० औ वर्षको वरीपरी पुगेका उनले अहिले खोटाङ जिल्लाको स्टेजहरुमा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्दै आएका छन् । विशेष गरेर क्यारिकेचर गर्दै आएका उनी विभिन्न नेताहरुको नक्कल गर्नुका साथै हाँस्यकलाकारहरुकै फोटोकपी पनि आवाजमा उतार्छन । स्टायाण्ड वाइ कमेडीमा रमाउने गरेका योगिन विशेष त अभिनयका उम्दा प्रतिभाका रुपमा रहेको छ ।

खोटाङमा जनसेवा समाज नेपाल जालपा नामक संस्थाले संचालन गरेको सुरक्षित आप्रवासन कार्यक्रमको सडक नाटक देखाउँदै हिड्ने क्रममा अभिनयको लतमा परेका उनले जिल्लाको प्रत्येक गाविसमा पुगेर आफ्नो प्रतिभा प्रस्तुत गरि सेकेका छन् । उनी सँगै रहेका उनका सहकर्मीहरुले जिल्लामा १ दर्जन बढी नाटकहरु प्रदर्शन गरिसकेपछि सबै मिलेर भ¥याङ नामक नाट्य समुहको समेत गठन गरेका छन् । उनी उक्त संस्थाको कोषाध्याक्ष समेत हुन् । काठमाडौं स्थित शिल्पि थिएटरका कलाकार किरण चाम्लिङ, जीवन बरालहरुले प्रारम्भिक चरणको अभिनय कला सिकेका उनी यसैमा भविष्य खोज्ने दौडमा लागेका छन् ।

खोटाङको बाम्राङ गाविस हालको दिक्तेल नगरपालिका ८ मा जन्मेका योगिन हर्कराज तथा यशोधा राईको एकला छोरा हुन् । उनले आफ्नो बाल्यकालमा गाउँकै विद्यालयमा पढ्दा देखि नै अरु भन्दा फरक किसिमका प्रतिभाहरु देखाउँदै आएका थिए । उनले गाउँमा हुने विहे बटुल तथा सामाजिक कार्यहरुमा हाँस्य व्यंगहरु प्रस्तुत् गर्दै आएका उनले हल्का गीत गाउने तथा नाच्न राम्रै आउने बताए् ।

जिल्लामा खुलेको रुपाकोट सामुदायिक रेडियोबाट पहिलो पटक रेडियो कार्यक्रमको उद्घोषण तथा पत्रकारिता तालिम पाएका उनले पछिल्लो समय हलेसी रेडियोमा हाँस्य कार्यक्रम ‘चुट्की’ को संचालन गर्नुका साथै रेडियो प्राविधिकको रुपमा समेत कार्ययत रहेका थिए । हाल काठमाडौंबाट प्रकाशन हुने दैनिक पत्रिकाको संवाददाता समेत रहेका उनी अभिनयमा संभावना खोज्ने क्रममा रहेको बताउँछन् ।

हाँस्य कार्यक्रमकै शिशिलामा जिल्ला बाहेक भोजपुर सम्म पुगेका उनले अवसर पाए अभिनयको माध्यामबाट सामाजिक रुपान्तरणको पक्षमा लाग्ने लक्ष्य लिएको बताएका छन् ।

Facebook Comments

Leave a Reply