तनहुँ तताउँदै अस्मिता

कला

एविसि खबर
काठमाडौं । पुर्वमा जन्मेकी नव मोडेल अस्मिता राई अहिले पश्चिमका स्टेजहरुमा कार्यक्रम संचालिका रुपमा दौड धुपमा रहेकी छन् । आकर्षक नृत्य तथा अभिनय गर्न सक्ने अस्मिता स्टेज कार्यक्रममा उद्घोषीकाका रुपमा समेत उतिकै आफुलाई स्थापित गराउने प्रयत्नमा छिन् । उनले केही म्युजिक भिडियोमा अभिनय गर्ने देखि नृत्य कार्यक्रम संचालनमा आफुलाई व्यस्त बनाएको बताउँछिन् ।

भर्खरै तनहुँ शुक्लागण्डकी नगरपालिका–१मा सम्पन्न तनहुँ सिंगीङ स्टारको फाइनल अडिसनको लागि तनुहुँ पुगेकी उनले आफुलाई पुर्वेली भएपनि पश्चिमि संस्कृति सँग समेत एकाकार हुन पाएको खुशी व्यक्त गरेकी छ ।

asmita

तनहुँमा सम्पन्न सो कार्यक्रममा अनिता गुरुङ तनहुँ सिङ्गिंङ स्टार २०७३ घोषित भएकी छिन भने सुमन मगर तनहुँ डान्सिंङ स्टार २०७३ घोषित भएका छन । दमौली पार्टी प्यालेसमा असार ११ गते शनिबार सम्पन्न ग्राण्ड फिनालेमा सहभागी ७ प्रतियोगीलाई पछि पार्दै अनिताले तनहुँ सिङ्गिंङ स्टार २०७३ को उपाधि उचालेकी हुन् तेस्तै गरि ग्राण्ड फिनालेमा सहभागी ७ प्रतियोगीलाई पछि पार्दै सुमन मगर तनहुँ डान्सिंङ स्टार २०७३ को उपाधि उचालेका हुन। प्रतियोगितामा गायन तर्फबाट युवराज बराल फस्र्ट रनरअप,अनिल गुरुङ सेकेन्ड रनरअप तथा संगम गुरुङ थर्ड रनरअप घोषित भएका छन् भने नृत्य तर्फबाट रोहन राना फर्स्ट रनरअप, यमुना श्रेष्ठ सेकेण्ड रनरअप तथा तनहुँ राइजिङ स्टार डान्स स्कुल की शिवानी थापा मगर थर्ड रनरअप घोषित भएका छन् ।

तनहुँ सिङ्गिंङ स्टार २०७३ घोषित गुरुङलाइ नगद २०,००० का साथमा एउटा गीत रेकडीङको व्यवस्था गरिएको छ भने तनहुँ डान्सिंङ स्टार २०७३ घोषित मगरलाई नगद २०,००० का साथमा मोडलिङको अवसर दिइएको छ , गायन तर्फका फस्र्ट रनरअप युवराज बराललाई १,०००० तथा सेकेण्ड रनरअप अनिल गुरुङल तथा थर्ड रनरअप संगम गुरुङलाइ मायाको चिनो तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । तेस्तै गरि तनहुँ डान्सिंङ स्टार २०७३ का फस्र्ट रनरअप रोहन रानालाइ १०,००० तथा सेकेण्ड रनरअप यमुना श्रेष्ठ तथा थर्ड रनरअप शिवानी थापालाइ मायाको चिनो तथा गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतियोगिताका प्रमुख अतिथि स्याङजा धनलक्ष्मी सुनचादि दुकानका प्रोप्राइटर राजु बिश्वकर्मा , निर्णायक किशोर नेपाली, सुजन श्रेष्ठ, सचिन श्रेष्ठ, प्रिया गुरुङ,सुमित्रा गुरुङ तथा चर्चित पप गायक एलबिन थापा लगायतले विजयीलाई पुरस्कार प्रदान गरेका थिए । गोर्खाली नेपाल सोसाइटी,तनहुँका अध्यक्ष किशोर नेपालीले तनहुँ प्रतियोगिको प्रतिभाको कदर गर्दै उनीहरुलाई प्रोत्साहनका लागि हरेक वर्ष प्रतियोगिता गर्दै अगाडी बढ्ने बताए ।

एक महिनासम्म सञ्चालन गरिएको प्रशिक्षणमा प्रतियोगिहरुलाई विभिन्न विषयमा प्रशिक्षणपश्चात फाइनल गरेर विजेता घोषणा गरिएको सचिन म्युजिक क्रियसनका अध्यक्ष सचिन श्रेष्ठले बताए ।

प्रतियोगिताको फाइनल राती अबेरसम्म चलिरहँदा बीचमा चर्चित पप गायक एलबिन थापा , चर्चित पप गायिका प्रिया गुरुङ,बिग आइकनकि फस्ट रनरअप अनु गुरुङ, पूर्व तनहुँ सिङ्गिंङ स्टार सुमित्रा गुरुङ ,वेस्टर्न डेभ्लभमेन्ट रिजन टप डान्सर किरन थापा तथा पूर्व तनहुँ डान्सिंङ स्टार सुजन श्रेष्ठको प्रस्तुतीमा दर्शक रमाएका थिए । प्रतियोगिताका मुख्य प्रायोजक राजु बिश्वकर्माले उत्साहजनक सहभागीता र उत्कृष्ट प्रस्तुतीले कार्यक्रम सफल बनेको बताए ।

Facebook Comments

Leave a Reply