अनिश्चितकाल सम्म यातायात वन्द

विवेक राई,

भोजपुर, १३ असार । भोजपुर सदरमुकाम देखि धरान आवतजावत गर्ने यातयातका साधनहरु सडक चल्न नसक्ने अवस्थामा पुगेपछि यातायात व्यवसायीले अनिश्चितकाल सम्म वन्द गर्ने निर्णय गरेको छ । लेगुवा भोजपुर ६६ किलोमिटर सडकमा कालोपत्रेको काममा ठेकेदारले लापरवाही ढंगले काम गरेको भन्दै वस व्यवसायीले वन्द गर्ने भएको हो । ग्राभेल सडकमा वाटो चौढा वनाउने भन्दै नयाँ माटो अव्यवस्थित रुपमा वर्षातको समयमा काम गरेकाले नियमित सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ । ७ घण्टाको दैनिक यात्रुवाहक यातायात सेवामा अहिले सडक विग्रिएपछि ३ दिन सम्म लाग्ने गरेको छ ।

वर्षात लाग्नुभन्दा अगाडी सर्वपक्षिय छलफलमा ठेकेदारले यातायातका साधनलाई नियमित सन्चालनमा कुनै समस्या सिर्जना नगर्ने वताएका थिए । तर भने अनुसार अहिले सडकमा सामान्य समस्या हुदा समेत चासो नदेखाएको यातायात व्यवसायी भरत तामाङले जानकारी दिएका छन् । डेढ वर्ष अगाडिबाट कालो पत्रेको कामशुरु भएको सडक खण्डमा अहिले सम्म ३८ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । सडक कालो पत्रे गर्न चिनिया कम्पनि तेन्जिनरमन र कन्काई कन्ट्रक्सनले संयुतm रुपमा ठेक्का लिएको छ ।सडक कालो पत्रे गर्न एसियालि विकास बैंकले १ अर्ब८९ करोड २९ लाख ६८ हजार ८०० ऋण सहयोग गरेकोमा ठेकेदार कम्पनिको ९९ करोड ४४ लाख ६७ हजार ५०० रुपैयामाठेक्का लिएको छ ।

विगतका बर्षहरुमा पनि बर्षाद लागे सँगै सदरमुकामसम्म सडक यातायात सञ्चालन हुन सक्दैन थियो । सवारी साधन नचल्ने भए सँगै बिरामी असक्तहरुलाई यात्रा गर्न कठिन तथा जिल्लामा दैनिक उपभोग्य वस्तु धुवानीमा समस्या तथा भाउ वृद्धिहुने भएपछि जिल्ला वासीहरु चिन्तित भएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment