जङ्गली च्याउ खाएर पाँचजना बिरामी

समाचार

विवेक राई,
भोजपुर १३ असार । भोजपुरको पश्चिमी शिद्धेश्वर ४ डाँडागाउँमा जङ्गली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी परेका छन् । बिरामी हुनेहरुमा आमा ३६ वर्षिय साबित्रा खड्का छोरीहरु उर्मिला,पवित्रा छोराहरु विशाल, हिमाल रहेका छन् ।

बारीमा उम्रेको (कालुङ्गे) च्याउ सोमबार बिहान खानासँग खाएर रोपाइ गर्न मेला गएका साबित्रा खड्का मेलामै सिकिस्त बिरामी परे पश्चात छिमेकीहरुले जिल्ला अस्पताल पुर्याएको साबित्राको स्वास्थ्यमा केहि सुधार नभए पछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि धरान स्थित वि.पी मेमोरिएल प्रतिस्ठान रेफर गरिएको श्रीमान तिर्थबहादुर खड्काले बताए ।

Facebook Comments

Leave a Reply