राईहरूको याक्खा भाषा लोप हुने अवस्थामा

एविसि खबर
पाँचथर, १२ असार । राईहरूले बोल्ने याक्खा भाषा लोप हुने अवस्थामा पुगेको छ । राई परिवारमै याक्खा भाषाको प्रयोग नगर्नाले पनि यो भाषा अहिले लोप हुने अवस्थामा पुगेको किरात याक्खा छुम्मा जिल्ला कार्यसमिति पाँचथर जिल्ला अध्यक्ष गजेन्द्र देवान बताए ।

उनले भने, ‘हामीले बोल्ने भाषा अहिले आउने पुस्ताले बेवास्ता गर्दा याक्खा भाषा नै संकटमा परेकाले भाषा बचाउनको निम्ति पनि यो भाषासम्बन्धी अहिले तालिमको आयोजना गर्दैछौँ ।’ अहिले जिल्लाको ओलने गाविसको ६० हजार ५ सय रुपैयाँको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो । सो तालिमले याक्खा भाषासम्बन्धी केही ऊर्जा दिए पनि सरोकारवाला समुदायले बेवास्ता गरे तालिमको कुनै महत्व नरहने किरात याक्खा छुम्माका केन्द्रीय सदस्य खड्गबहादुर देवानको प्रतिक्रिया छ । उनले प्रशिक्षण, तालिमहरू सामान्य विकल्प मात्रै भएको भन्दै प्रयोगले नै भाषा बचाउन सकिने बताए ।

गाविसका १५ देखि ७५ वर्षसम्मका ४० जनाको सहभागिता रहेका सो तालिमको सहजीकरण किराँत याक्खा छुम्मा जिल्ला कार्य समितिका कोषाध्यक्ष मानभक्त देवानले गरिरहेका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment