सांस्कृतिक संस्थानमा फरक प्रस्तुती

कला

किरात मिथकमा आधारित मुन्दूमी कन्सर्ट

माक्पाली कान्छा
काठमाडौं, ११ असार । संधै नै विभिन्न किसिमका सांस्कृतिक तथा सांगीतिक कार्यक्रममा व्यस्त रहने सांस्कृति संस्थान राष्ट्रिय नाचघरमा शनिबार फरक रौनक देखिएको थियो । कुनै किरातीको घरमा भइरहेको शुभविवाहाको रौनकता भन्दा कम थिएन त्यहाँको वातावरण ।

1किरात राई साँस्कृतिक कलाकार संघ जिल्ला कार्यसमितिले आयोजना गरेको किरात संस्कृतिको मुन्दुमी कन्सर्ट निकै आकर्षक र भव्यरुपमा चलिरहेको थियो । किराती सभ्यताको सुरुवात सँगै भएका सृष्टि कथाहरु जोडिएका गीत संगीत साथै किराती संस्कारमा गरिने विभिन्न किसिमका संस्कार मागी विवाहार चोरी विवाहाको नमुना गीती नाटक मार्फत गरिएको प्रस्तुती आफै छुट्टै संसारको अनुभुति गराउँथ्यो त्यहाँ ।

एकातीर वाबु, नजिकै चियखम (सरुवा बनाउने ठाउँ ) तीन ढुँगा गाडिएको किराती मुल चुला वरीपरी पुर्खाहरुको बसाई रितराहको बेलि विस्तार सँगै घन्किएको हियारी भाकाले किराती मौलिक संस्कृतिका बारेमा थप जिज्ञासु बनाएकै थियो । अझ यसबीचमा मिथकिय संगीतको रौनकताले किराँत संस्कृति प्रतिगर्व गर्ने बनाएको थियो ।

22पूर्व कुलपति तथा प्राज्ञ वैराँगी काइलाले तीन चुलामा आगो बालेर उद्घाटन गरेको कार्यक्रममा सृष्टीको सुरुवात किरात मुन्दुमबाट भएको बताएका छन् । उनले आगो बालेर कार्यक्रमको उद्घाटन गर्दै समयको अन्तरालमा किरातीको भाषा जस्तै संस्कृति पनि खतरामा गएको तर्फ सचेत गराएका छन् । उनले भने, ‘यो आगो संस्कृतिले संस्कृतिलाई जीवन्तता प्रदान गरेको छ ।’

उधौली पर्वको अवसर पारेर किरात राई संस्कृति झल्किने गरी ‘मुन्धुम सांस्कृतिक साँझ’ आयोजना गरिएको हो । किरात राईको मौलिक संस्कृतिबारे बनाउन लागिएको वृत्तचित्र ‘साकेला सिली’को सहयोगार्थ आयोजित कार्यक्रममा कलाकारले विविध प्रस्तुति दिए । ‘साकेला नाच’ बाट सुरु भएको सांस्कृतिक कार्यक्रममा गाइएका ‘बस्छौँ हामी पूर्वक्षेत्र हिमाल छ शिरमा’, ‘नमेटिने तारेम्माको कथा’ लगायत गीतले दर्शक÷स्रोताको मन जितेको थियो । त्यस्तै मौलिक संस्कृति बोकेका ‘ह्यारी नृत्य’ र ‘थिबिया’ नामक गीति नाटकले कार्यक्रमको शोभा बढाएको थियो ।

11

कार्यक्रममा आभा मुकारुङ, भीषण राई, कला राई, जानुका राई आदि राष्ट्रियस्तरका कलाकारले समेत प्रस्तुति दिए । आयोजक सङ्घका अध्यक्ष पदम राईले किरातीसँगै समग्र नेपाली संस्कृति नै बचाउने अभियानमा आफूहरू लागिपरेको बताएका छन् ।

Facebook Comments

Leave a Reply