ईयु, क्रिश्चियन गोराजाति, संघीयता विरोधी र स्वर्गीय प्रपन्नाचार्य

बिचार

– बलदिप प्रभाश्वर चाम्लिङ

कट्टर क्रिश्चियन गोराजातीय राज्यहरूको आर्थिक भलोको लागि खोलिएको संस्था हो, युरोपियन युनियन(ईयु) । वास्तवमा यसले धार्मिक जातीय लक्ष्मण रेखाको घेरा हालेको छ । युरोपको जुनसुकै देश यसको सदस्य हुन सक्दैन । यसको सदस्य हुन् शास्त्रीय क्रिश्चियन र शुद्ध गोरा नश्लकै देश हुनुपर्छ ।

टर्कीले युरोपियन युनियनको सदस्य हुन भयङ्कर जोड गरेका थिए । टर्कीले रोइकराई ईयुको सदस्य हुन धेरै चोटी निवेदन हाले । सबै वाह्य सर्तहरू उसले पुरा गरेका थिए । तर युनियनले विभिन्न बहाना गरेर टर्कीलाई यसको सदस्य बनाउन आलटाल गर्दै आएको थियो । अहिले बेलायत ईयुबाट बाहिरिने हुदा उता टर्कीलाई पनि हाइसन्चो भएको छ ।
टर्कीले ईयुको सदस्यता प्राप्त गर्न नसक्नुको गुह्य कारण भनेको नश्लवाद थियो । टर्की ऐतिहासिक रूपले मुश्लिम देश हो । मुश्लिम रक्तबीज भएको देशलाई ईयुमा नभित्र्याउने ठूलो कसरत भयो ।

टर्कीले पनि आफू पश्चिमा सभ्यताकै अंश भएको साबित गर्न मुश्लिम विराषद आफ्नो मुलुकमा नभएको प्रमाणित गर्न धर्न्निरपेक्ष राज्य भनेर क्रिश्चियनसंग सामिप्यता देखाए । सबै संस्कार र संस्कृतिहरू क्रिश्चियन गोरा सरहकै टर्कीमा भित्र्याइयो । र पनि गोराले टर्कीलाई पत्याएन ।

ईयुले टर्कीलाई त्यसरी पत्याएन जसरी काले राई(प्रपन्नाचार्य) लाई हिन्दुआर्यले पत्याएन । आफू किराँती हिन्दुआर्य नै हुँ भनेर देखाउन उनले जनै भिरेन कि, संस्कृत पढेन कि हिन्दुधार्मिक साहित्यमा पारङ्गत नै भएन कि । तर पनि उ हिन्दुआर्यको संस्कृतिमा सम्मिलन(बककष्mष्बितष्यल) हुन सकेन । काले राई हिन्दुधर्मको पण्डित हो भनेर कुनै साधरण बाहुनले पनि घरभित्र लगेर कर्मकाण्ड पनि गर्न लगाएन । यसको एउटै कारण थियो, उसंग भएको अनुहार । नत उसंग झ्यापझ्याप्ती दाह्रीजुंगा आउथ्यो । नत छाँतीमै रौं पलाउथ्यो । उसको अयोग्यता भनेको नै नश्लीयता थियो । अन्तमा उसको मृत्युताका उनलाई सघाउने र उनको सदगद गर्न आफ्नै वंश चाहियो । यो वेला कुनै रामदेवहरू, शंकराचार्यहरू, सदगुरू कृपालुहरू, जयनन्द सरस्वतीहरू आएर काले राईलाई श्रद्धासुमन चढाउन परेन । कारण, काले राईको अनुहार बाधक थियो ।

सबै देशहरू ईयुको छातामुनि एकढिका भएको उदाहरण दिएर संघीयतामा जाने कुरालाई विखण्डनसंग दाँज्ने कथित विद्वानहरूले बेलायत ईयुबाट छुट्टिए पछि अब के भन्लान् ? ( ईयु आफैमा राजनैतिक एकीकरण होइन । यो त आर्थिक ऐक्यवद्वता हो । ईयु सदस्य राष्ट्रहरू आफैमा सार्वभौम स्वतन्त्र राज्य हुन् जस्को आ–आफ्नै सेना छन् । देशका सिमा छन् । यद्यपि, ईयुको एउटै साझा मुद्रा हुदाहुँदै पनि बेलायतको आफ्नै मुद्रा छ । उसले ईयुको मुद्रामा आफ्नो मुद्रा विलय नगराउनु आफ्नो प्रतिष्ठाको विषय बनाएको छ ।

Facebook Comments

Leave a Reply