नक्कली डाक्टरको कारण सर्वसाधरणमा त्रास

काठमाडौं, ११ असार । काठमाडौंको चाबेलचोक नजिकैको चिया पसलमा विहानै बढेको भिडमा सुरु भयो चिया गफ । भिडका एक छेउमा बसेका राम्रै लुवाइ खुवाईमा देखिएका एक प्रतिष्ठित जस्ता व्यक्तिले व्यंगात्मक शैलिमा बोले’ ‘अब यी अस्पतालहरुमा उपचार गर्नु पूर्व डाक्टरको अन्र्तवाता लिनु पर्ने भो ।’

अर्काले थपे , ‘प्रमाणपत्रको आधारमा मात्र जाँच गर्नुपर्ने भो । असली प्रमाण भाको डाक्टर पाउनै मुस्किल ।’ यस्तै नजिकै दिर्घायु अस्पतालबाट सेतो गाउनमा एक हुल स्वास्थ्यकर्मीहरु बाहिर निस्कन्छन् । चियागफमा उनीहरु तीर हेर्दै कोहीले भन्यो, ‘यीनीहरुको पनि सर्टिफिकेट उही होला पालोमात्र नआएको जस्तो छ । ’

माथीको घटना भर्खरै प्रहरीले नक्कली प्रमाण पत्रको छानविन पछि डाक्टरहरुलाई सुरु गरेको कारबाही पछि उब्जीएको सर्वसाधरणको टिक्का टिप्पणी हो । यो समस्या र आशंकाले यतिबेला पुरै नागरीकहरुमा त्रास र डर भरिएको छ । विरामीहरुलाई अस्पताल गएर राम्रो उपचार हुन्छ भन्ने विस्वास कम हुन थालेको छ । छातीकोे समस्याले ग्रसित नयाँ बानेश्वरका जनक हुमागाई यसपटक बडो समस्यामा परे । खोकी लाग्ने र छाती दुख्ने समस्याले पीडित उनी डाक्टरलाई जाँच गराउन भनेरै शुक्रबार बिहान सिभिल अस्पतालको गेटसम्म त पुगे । तर, कुन डाक्टर सक्कली हो, कुन नक्कली, उनलाई बडो दोधार भयो । उनले पनि विभिन्न संचार माध्यामबाट सुनेका थिए । उनले भने ‘विश्वास गरेका ठूल्ठूला डाक्टर नै नक्कली परेका बेला कुन सक्कली, कुन नक्कली, छुट्याउनै पो गाह्रो हुने भो ।’

उनलाई जस्तै यो द्विविधा हिजो आज अन्य बिरामीहरुमा पनि देखिन थालेको छ । झन् प्रधानमन्त्री केपी शर्मा ओलीको दाँतको डाक्टर नै नक्कली भन्ने चर्चा चलेपछि त काठमाडौंमा एक किसिमको तनावै सिर्जना भएको स्थिति छ । ‘प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बस्ने तथा देशकै नेताका डाक्टर त नक्कली पर्दा रहेछन् । हाम्रो के कुरा,’ काठमाडौ चावहिल निवासी आनन्द श्रेष्ठले अहिलेका डाक्टरहरुप्रति शंका व्यक्त गर्दै भने, ‘अब त सबै डाक्टरको (क्वाक) अपरेशन नगरेसम्म जँचाउन जान पनि ठीक होलाजस्तो छैन ।’ जचाउनै परे पनि एउटा डाक्टरको मात्र भर पर्दा नक्कली डाक्टरको फन्दामा परिने उनलाई भय छ । श्रेष्ठ भन्छन्, ‘एउटा डाक्टर ठीक भनेर बसौंला । भोलि फ्याट्ट उसकै अनुहार पत्रिकामा आउँला । त्यस्तोमा ज्यानकै बाजी थाप्न त सकिँदैन नि ।’ यति धेरै विश्वास लाग्दैन । तर, नलागे पनि के गर्नु ? डाक्टर जे जस्तो भए पनि उपचार गराउनैप¥यो । अब सक्कली हो कि नक्कली भनेर सोध्ने कुरा आएन । प्रमाणपत्र देखाउ भन्न मिलेन।

जस्तै नक्कली प्रमाणपत्रधारी चिकित्सकको समाचारले काठमाण्डौका बासुदेव भट्टराईलाई पनि चिन्तित बनाएको छ । छोरा सानै भएकाले उनलाई उपचारका लागि डाक्टरकहाँ गइरहनु पर्ने बाध्यता त थियो नै । आफ्नो असाध्यै मिल्ने साथी नै नक्कली प्रमाणपत्रधारी चिकित्सक भएको थाहा पाएपछि त झन् उनलाई सबैमाथि शंका लाग्न थालेको छ । ‘त्यस्तो पढ्ने, त्यति मेहेनती डाक्टर त नक्कली परेछन् । अरु के सक्कली होलान् ?’ उनले भने । क्वाक अपरेशनपश्चात आफ्ना ६ जना डाक्टर साथीमध्ये तीनजनामा अझै शंका लागेको उनले बताए । ‘विदेशमा पढेका त नक्कली हुँदा रहेछन् । वीरगञ्जबाटै पढेर आएका त के सक्कली होलान् ?’ उनले भने ।

केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)ले करिब ६ महिनाको अन्तरालका क्वाक अपरेशनमार्फत काठमाडौ, चितवनलगायत देशका विभिन्न ठाउँबाट ५० भन्दा बढी नक्कली प्रमाणपत्रधारी चिकित्सक पक्राउ गरिसकेको छ । सीबीआईले यो अपरेशन नेपाल मेडिकल काउन्सिल, उच्च माध्यामिक शिक्षा परिषदको समन्वयमा सुरु गरेको हो ।
एविसि

Facebook Comments

सम्बन्धित

Leave a Comment