अंकुर नेपालको ‘उठौँ नेपाली’

समाचार

एविसि खबर
काठमाडौं, १० असार । अङ्कुर नेपाल र नेपालका लागि कोरियाली राजदूतावासको संयुक्त आयोजनामा ‘उठौँ नेपाली’ भन्ने नाराका साथ आगामी शनिबार विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । गणतन्त्र कोरियामा लामो समय काम गरेर स्वदेश फर्केका व्यक्तिले खोलेको संस्था अङ्कुर नेपालले नेपालमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ त्रिभुवन आर्मी क्लबमा सांस्कृतिक कार्यक्रम, खानाका परिकार प्रदर्शन र हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्न लागेका हुन् ।

अङ्कुर नेपालका अध्यक्ष गम्भीर गुरुङले नेपाल र गणतन्त्र कोरियाको सम्बन्धलाई जनस्तरसम्म बलियो बनाउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले भने, ‘यसले नेपाल र कोरियाको सम्बन्धलाई झन् प्रगाढ बनाउँछ ।’ कार्यक्रममा कोरियन भाषामा हाजिरीजवाफ प्रतियोगिता हुनेछ । हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने समूहलाई रु दश लाख प्रदान गरिने गुरुङले बताए ।

Facebook Comments

Leave a Reply