राष्ट्रिय स्वभिमानका लागि न्यायपालिकालाई बलियो

समाचार

एविसि खबर
अर्घाखाँची, १० असार । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रको स्वाभिमान र विकासलाई अगाडि बढाउन न्यायपालिकालाई बलियो बनाउनुपर्ने बताएका छन् । जिल्ला अदालत अर्घाखाँचीको कार्यालय तथा निर्माणाधीन भवनको बिहिबार निरीक्षण गर्दै वरिष्ठ न्यायाधीश पराजुलीले अदालत जनताको विषय र राष्ट्रको संस्था भएकाले द्वन्द्वको समयमा कसैले तारो बनाउन नहुने बताए । द्वन्द्वको समयमा माओवादी आक्रमणमा परी जिल्ला अदालत अर्घाखाँचीको भवन ध्वस्त भएको थियो जस्का कारण कागजपत्र, मिसिल र लगतहरू जलेर नष्ट भएका थिए । अदालतमा जनताका कागजपत्र, मिसिल र लगत हुने तथा आक्रमण गर्दा जनताका सबुत प्रमाण नष्ट भई दोषीले उन्मुक्तिसमेत पाउने भएकाले कनै पनि समयमा न्यायपालिकामाथि आक्रमण गर्न नहुने उनले बताए । न्यायपालिकालाई आधुनिकीकरण गरी अगाडि बढाउन आफूहरू लागिपरेको बताए ।

कार्यक्रममा जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाले जिल्ला अदालतका बारेमा जानकारी गराएका थिए ।

Facebook Comments

Leave a Reply