१५ करोडमा फैंदारघाट सिँचाइ आयोजना

समाचार

एबिसि खबर
झापा, १० असार । दक्षिणी झापाको राजगढमा ६ सय हेक्टर क्षेत्रफल सिँचाइ गर्ने गरी फैंदारघाट सिँचाई उप–आयोजना सञ्चालन गरिने भएको छ । नेपाल सरकारको साना तथा मझौला सिँचाइ योजनाअन्तर्गत १५ करोड रुपैयाँको लागतमा उक्त योजना सञ्चालन गर्न लागिएको सिँचाइ विकास डिभिजन झापाका प्रमुख ईश्वरी तिवारीले जानकारी दिए । अन्धुवा खोला पानीको मुहान रहेको फैंदारघाट सिँचाइ उपआयोजना राजगढ–८ को पनेरु गाउँ हुँदै पाँच किलोमिटर ‘मेन च्यानल’ र चार किलोमिटर ‘सहायक च्यानल’ मार्फत पानी वितरण गरिने उनको भनाइ छ ।

योजना सञ्चालनका लागि असारभित्रै टेन्डर प्रक्रिया अघि बढाइने डिभिजन प्रमुख तिवारीको भनाइ छ । फैंदारघाट सिँचाइ उपआयोजना उपभोक्ता समिति अध्यक्ष राम दुलालले दिएको जानकारीअनुसार आयोजना सञ्चालन भएपछि राजगढ–८, ६, ५, ४ र ३ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुने भएका छन् । आयोजना सञ्चालनका लागि २०५५ सालमा तदर्थ समिति गठन गरिएको थियो ।

योजना स्वीकृत भएलगत्तै सिँचाइ विकास डिभिजन कार्यालयले फैंदारघाट सिँचाइ उपआयोजना उपभोक्ता समिति र स्थानीयवासीबीच राजगढमा तीनदिने प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरेको छ

Facebook Comments

Leave a Reply