कांग्रेसले छेक्यो प्रधानमन्त्रीलाई

राजनीति

एविसि खबर
काठमाडौं, १० असार । प्रमुख प्रतिपक्षदल का्रग्रेसले व्यवस्थापिका संसदको सम्बोधन गर्न गएका प्रधानमन्त्रीलाई छेकेको छ । आफुहरुले उठाएका मागकाबारेमा छलफलै नगरी संसदलाई सम्बोधन गर्न लागेकोमा आपत्ति जनाउँदै कांग्रेसले प्रधानमन्त्री एकातर्फी पेलान स्विकार्य नभएको बताएका छन् ।

पहिले पनि संसद अवरुद्ध हुँदा प्रधानमन्त्रीले सम्वन्धित पक्षसँग कुुराकानी गरेर सहमति गर्ने प्रचलन थियो । तर यसपटक प्रधानमन्त्रीले यस्तो कुरालाई पेलेरै लैजाने मनस्थितीमा पुगेर संसदमा पुगेका थिए । कांग्रेस सचेतक ईश्वर न्यौपानेका अनुसार प्रधानमन्त्रीले संसद सुरु हुनु २० मिनेट अघि सम्म पनि कुरा गरेका थिएन ।

कांग्रेसले बिहीबार भूकम्प पीडितलाई २ लाख एकमुष्ट दिन रकम दिनु पर्ने भन्दै संसद अवरुद्ध परेको थियो र, प्रधानमन्त्रीको जवाफ मागेको थियो । शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसले उठाएको विषयको जवाफ दिन चाहेका थिए । तर, संसद बैठक सुरु हुनु अघि नै कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई बोल्न नदिने बताए । आफूहरुले उठाएको मागबारे के गर्ने भन्ने सहमझदारी नगरे सदन चल्न नदिने कांग्रेसले बताएको छ ।

कांग्रेसको चेतावनीपछि संसद बैठक सुरु हुन सकेको छैन भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरुले विपक्षी दलका नेताहरुसँग वार्ता थालेका छन् ।

Facebook Comments

Leave a Reply