अधुरो सपना बाकेर गए मन्तरे

संगीता राई
खोटाङ, १० असार । खोटाङको सदरमुकाम भन्दा माथी रहेको सुन्दर वस्ती र वस्तीमा जन्मेका मन्तरे अर्थात अंकुर तामाङ नेपाली सेनाको जागीर छाडेर अफगानीस्तान पुगेका थिए । उनले घरविदा मनाउन सँधै छुट्टिका समय मिलाएर आफ्नो गाउँ मुडेको आफन्तहरु सँग भेटघाटमा आउँथे । पछिल्लो पटक वैसाखमा आउँदा उनले सुनाएका थिए । अब मेरो सपना अष्ट्रेलिया जाने हो । तर उनका ती सपना अधुरो नै रहयो । अफगानिस्तानमा भएको बमकाण्डमा उनी पनि परे । उनको सपना कहिल्यै पुरा नहुने भयो । उनले त्यो वचन कहिल्यै नपु¥याउने भए ।

दिक्तेल नगरपालिका ५ मुढेका स्थायी वासिन्दा लामा भिमबहादुर तामाङ र लाकमायाँ तामाङको नौ भाइ छोरा मध्येका मन्तरे अंकुर तामाङ रोजगारीको शिलसिलामा अफ्गानीस्तानको काबुलमा सुरक्षा गार्डका रुपमा काम गर्थे । उनले पछिल्लो पटक गाउँमा अतिनै दुःख भो भनेर बुवा आमालाई समेत कात्तिक महिनामा तराईमा लिएर झरेका थिए । छोरा अंकुरको आफुहरुलाई सुख दिने सपनाको कदर उनकै आग्रहमा घरमा ताला लगाई जग्गाजमिन अरुको हातमा दिएर ईटहरीको हाँसपोसामै सँधै बस्नेगरी भिमबहादुर र लाकमाया पनि पुगेका थिए ।

‘मन्तरेले पहाडमा कति दुःख गर्नुहुन्छ ? दाजुहरुसँगै आएर बस्नु भनेपछि यतै झरेका हौं,’ बुवा भीमबहादुरको प्रतिप्रश्न छ ‘के गर्नु अब त छोराले पनि छाडेर गयो, अब कसरी मन बुझाउनु?’ यता, एकोहोरो अंकुरको नाम पुर्कादै आमा लाकामायाँ नियतिलाई समेत दोष दिन्छिन् । भाब्बिह्ल हुँदै रुन्छिन् ‘मेरो छोराले मलाई सधैंभरिका लागि छाडेर गए ।’

दिक्तेलको मुढेमै जन्मिहुर्किएका तामाङको मृत्यु भएको खबरपछि दिक्तेलको मुढेलगायतका सिंगै गाउँ शोकमा डुबेको छ । अंकुरको परिवार बसाई सरे पनि उनका भाईबंश मुढेमै रहेका छन् ।

अंकुर परिवारका मन्तरे सन्तान थिए । लाकमाया र भीमबहादुरका नौ जना छोरामध्ये तीन जनाको मृत्यु भएकोमा अहिले छ जना थिए, अकुंरको पनि मृत्यु भएपछि पाँच जना बाँकी छन् । वैशाखमा घर आउँदा अब फेरि फर्किउर भने अस्ट्रेलियाजाने योजना सुनाएको उनका दाई देवराजले जानकारी दिनुभयो । अंकुर मासिक एक लाख रुपैयाँ कमाउँथे । हरेक वर्ष दिनमा घरबिदामा आउजाउ गर्थे ।

तीन वर्षअघि हेटौंडामा रहेकी गोमा गोलेसँग अंकुरको विवाह भएको थियो । गोमा पनि अहिले अर्धबेहोस अवस्थामा रहेको जनाईएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment