कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

राजनीति

एविसि खबर
काठमाडौं, ९ असार । सभामुखले रुलिङ गरेको तीन दिन वित्दा समेत सरकारले भूकम्प प्रभावितहरुलाई राहत वितरणको प्रभावकारिताको बारेमा जवाफ नपाएको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद अवरद्व गरेको छ ।

प्रमुख प्रतिपक्षी दल व्यवस्थापिका संसद अवरुद्ध गरेको हो । संसद बैठक भोलि बिहान ११ बजे बस्ने छ । भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको भन्दै कांग्रेसले संसद चल्न नदिने निर्णय गरेको जनाएको छ । संसदको बिहीबार बसेको बैठकमा कांग्रेस नेता प्रकाशशरण महतले बोलेका थिए ।

भूकम्प प्रभावितको राहत वितरण प्रभावकारी नभएको र पुनर्निर्माण पनि अघि बढ्न नसकेको बताए । आफूहरुले संसदमा आवाज उठाएको नौ दिन भएको र सभामुखले रुलिङ गरेको तीन दिन हुँदा पनि सरकारबाट जवाफ नआएको भन्दै उनले संसद चल्न नदिने उनको भनाइ रहेको थियो ।

Facebook Comments

Leave a Reply