रुवाउँदै आयो काबुलबाट लाश

एविसि खबर
काठमाडौं, ८ असार ।अफगानीस्थानमा भएको आत्मघाती वम हमलामा परी ज्यान गुमाएका १२ नेपालीको शव त्रिभुवन विमानस्थलमा आइपुग्दा त्यहाँको वातावरण नै शोकमग्न थियो । काठमाडौंको मौसमले समेत दुःखको संकेत गरे जस्तै सिमसिम पानी पारिरहेको नेपाल एअरवेजको विमानबाट १२ जना नेपालीको लाश अवतरण भएकाबेला प्रधानमन्त्री स्वंय एअरपोर्टमा पुगेका थिए ।

www

परिवारको रोजिरोटीकालागि वैदेशिक रोजगारको शिलशिलामा अफ्गान पुगेका मृतक नेपाली कामदारका परिवार जन शोकाकुल थिए । उनीहरुलाई सान्तवना प्रदान गर्न प्रधानमन्त्री केपी ओली विमानस्थलमा पुगेर अभिभावकीय भुमिका देखाए । उनले मृतकका आफन्तहरुलाई भेट्ने तथा मृतकको शवलाई श्रद्वाञ्जली समेत चढाएका छन् । उनीसँगै विमानस्थलमा परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेत समेत पुगेका थिए ।

222वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १२ नेपाली तालिबानको आक्रमणमा मारिएको तीनदिनपछि उनीहरुको शब बाकसमा हालेर स्वदेश ल्याइएको हो ।

क्यानेडियन दूताबासमा सुरक्षागार्डका रुपमा कार्यरत उनीहरु ड्युटीमा जाने क्रममा आतंकवादी आक्रमणमा परेका थिए । घटनामा मारिएकाहरुको शव नेपाल सरकारले चार्टर विमान पठाएर नेपाल ल्याएको हो । मृतकको शव कफनमा राखिएको थियो भने बाहिर पासपोर्टको फोटोकपी टाँसिएको थियो । कमाउनका लागि विमान चढेर अफगान गएका आफन्तजन बाकसमा कैद बनेर फर्किँदा परिवार र आफन्तले आफूलाई थाम्न सकेनन् ।

कोही बाकसमा टाँसिएको तस्वीर सुमसुम्याइरहेका देखिन्थे भने कोही त्यही बाकसलाई आगालो हालेर डाँको छोडिरहेका थिए ।

फोटो : विभिन्न सामाजिक संजाल

Facebook Comments

सम्बन्धित

One Thought to “रुवाउँदै आयो काबुलबाट लाश”

  1. हलक्सु "तिर्थ"

    J होस, ओलि सरकारलाई धन्यवाद! यो आत्माघाती हमलामा परि जीवन गुमाउनेहरुको मात्रै पीडा थिएन । हामी सारा नेपाली जनताहरु माथी नै बज्रपात परेको दु:खद घटना थियो यो । यसरी हामी आम नेपालीहरुको आत्मा रोइरहेको यो घडिमा सरकारको तर्फबाट तत्काल मृत शरीर नै भए पनि स्वोदेश फर्काउने जस्तो महान कार्य यति चाँडो पहल गरिदिएर नेपालमा पनि सरकार रहेछ भन्ने उदाहरणीय कामलाई मेरो तर्फाट grand सेल्युट ।।।

Leave a Comment