वृद्धाले न्याय नपाएको गुनासो

संगीता राई
काठमाडौं, ८ असार । बोक्सीको आरोपमा यातना पाएकी खोटाङकी एक वृद्धा न्यायबाट बञ्चित बनेको गुनासो छ । आफुलाई बोक्सीको आरोप लगाउँदै गत जेठ १३ गते कुटपिट तथा ज्यान मार्ने धम्की दिने बा“झेच्यानडा“डा–१ का धनजङ्ग राई र उनकी श्रीमती तारा राईलाई कार्बाही नगरी आफुलाई न्याय दिलाउनबाट प्रहरी पछि हटेको पीडित ७२ वर्षीया वृद्धाले गुनासो गरेकी हुन् । पीडितले गत जेठ १५ गते नै उजुरी दिए पनि दोषीलाई हालसम्म पक्राउ गर्न प्रहरीले चासो नदिएको छिमेकी इन्द्र रोकाले बताए ।

पीडित वृद्धालाई राई दम्पत्तीले निर्घात कुटपिट गर्नुका साथै गुप्ताङ्गसमेत मुखमा कोच्याउन खोजेको प्रत्यक्षदर्शी बताउँछन् । बोक्सी आरोप खेपीरहेकी पीडित वृद्धालाई राई दम्पत्तीको कुटाइबाट टाउकोमा गहिरो चोट लागेको छ । अस्पताल स्रोतका अनुसार पीडित वृद्धाको टाउकोमा सात टाका लगाइएको छ ।

यसबारे दोषीमाथि सार्वजनिक मुद्दा दर्ता गरेर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment