सास्कृतिक बाजाको लाइभ कन्सर्ट

कला

एविसि खबर
काठमाडौं, ८ असार । किरात राई साँस्कृतिक कलाकार संघ ललितपुरको आयोजनामा किराती मैलिक वाध्यवादनको साथमा ‘मुन्दुमी सांस्कृतिक कार्यक्रम—५०७६’मा लाइभ कन्सर्ट हुने भएको छ । सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)मा कार्यक्रम हुने भएको हो । किरात संस्कृतिमा आधारित साकेला वृत्तचित्र निर्माण सहयोगार्थ कार्यक्रम गनै लागिएको आयोजकले जनाएको छ ।

किरातीहरुले बजाउदै आएको मौलिक बाजा र लयमा लाइभ साँस्कृतिक कार्यक्रम हुने भएको हो । कार्यक्रममा ढोल, झ्याम्टा, मुर्चुङ्गा, यलम्बर बाजा, चरी बाजा लगायतको किराती मौलिक बाजा र धुनमा कलाकारहरुले गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष पदम राईको बताए ।

कार्यक्रममा गायक कलाकारहरु आभा मुकारुङ, भीषण राई, राई नवीन, कला राई, पदम राई, जानुका राई, निश्चल, रेवत, बबिनालाई आकर्षक गीतहरु प्रस्तुत गर्ने अध्यक्ष राईले बताए ।

किराती बाजा र धुनहरुलाई स्थापित गर्ने उदेश्यले आयोजित कार्यक्रममा वाध्यवादनको संयोजक आनन्द र नगेन्द्र राईले गरिरहेका छन् । कार्यक्रममा ह्यारी नृत्य र किराती मिथकमा नाटक समेत प्रस्तुती हुने बताइएको छ ।

Facebook Comments

Leave a Reply