कृषि क्षेत्रमा कसरी व्यवसायिक बन्ने ?

गंगा बहादुर वि.क.

नेपाल कृषि प्रदान देश त्यस्मा पनि खोटाङ जिल्लामा त कृषि पेशा हैन भन्ने किसान सायद नभेट्यिला भन्दा फरक नपर्ला । खोटाङ जिल्लामा २८ हजार ५ सय ५० घर धुरी कषक र ७५ हजार ५ सय ८५ हेक्टर खेति योग्य जमिन छ , जस्मा ६१,हजार २ सय २३ खेति गरी रहेको र १४ हजार २ सय ६१ हेक्टर जमीन बाँझो रहेको छ । यसरी हेर्दा ६७ प्रतिशत मानिस कृषि पेशामा आवद्ध छन । कृषि क्षेत्रको कुरा गर्दा विगतको तुलनानाम निकै परिवर्तन आएको छ । विगतमा याम्खा, खिदिमा, बाम्राङ ,खाल्ले लफ्याङ आदि ठांउबाट दिक्तेलको बजारमा छिटफुट तरकारी विक्रि गरीन्थो । सरकारी तथा गैर सरकारी संस्थाहरुको अथक प्रयासले कृषकले कृषि सम्बन्धि व्यवसायी सिप सिक्ने मौका पाएका छन , औलामा गन्न सकिने कृषि प्राविधिक जे.टि.ए. को संङ्ख्या अहिले ५० औ पुगेको छ । दिक्तेल बजारमा शनिबार बुधबार ताजा तरकारी किन्न प्रर्खनु पर्ने समय अब दिनानु दिन परीवर्तन हुदै दैनिक तरकारी पसलमा केन्द्रित हुन थालेको छ । परम्परागत खेति प्रविधिबाट केहि कृषक आधुनिक खेति प्रविधि अपनाई व्यसायीक बढ्न तर्फ अगाडि लम्कन खोज्दैछन । जिल्लामा निरन्तर राजनीति क्षेत्रमा लाग्ने दलका प्रतिनिधिहरु पनि आज कृषि फर्म खोली व्यवसाय सुरु गर्न थालेका छन । कृषि को लागि नेपाल सरकार र दातृ निकायबाट के सहयोग हुदैछ सो विषयमा बुझ्ने गाँउ वस्ति तिर खेति प्रविधि र कार्यक्रमको बारेमा जानकारी पुग्न थालेको छ । यति मात्र हैन नेपाल सरकार स्थानीय स्वायक्त सासन ऐन २०५५ को दफा २६५ को (२) र नीयमावली २०५६ को नियम १ को अधिकार प्रयोग गरी कृषि वन तथा वातावरण समिति गठन गर्न पाउने व्यवस्था अनुसार खोटाङ जिल्लाको ७२ गा.वि.समा कृषि को लागि निर्देशिकाले तोकेको न्युनतम १५ प्रतिशत रकम छुट्याइन थालेको छ र दिक्तेल हालै नगरपालीका भएकाले भने यो समिति गठन गर्ने प्रत्रियामा रहेको छ । कृषिको लागि गा.वि.स बाट यो बर्ष खोटाङ जिल्लामा १ करोड ३५ लाख बराबरको रकम छुट्टीएको छ । दिगो भु व्यवस्थापन कार्यक्रको अभियानले खोटाङमा गोठेमल सुधार पशुमुत्र संकलन गर्ने र मल सुधार गर्ने कृषक निकै छन । वेसी क्षेत्रमा फल्ने काउली लिन लेकाली कृषक आलु बोकी साट्न झर्ने र फागुन चैतमा मलको थुप्रोमा फलेको साग माग्ने लेखमा जाने कृषक आज भोली आफ्नै बारीमा सधै भरी फलाउने र खाने चलन बढेको छ । खोटाङ जिल्लामा पर्खन बहादुर राई मात्र फलाउने अलैची अहिले खोटाङको प्राय धेरै क्षेत्रमा फलाउन थालीएको छ । गोलभेडा, बन्दा, काउली, लगाएतको तरकारी र उन्नत जातको फलफुल लगाउने कृषकको सङख्या पनि निकै बढेको छ । आज याम्खाका रामनिधि आचार्य, ऐसेलुखर्कका पर्शुराम श्रेष्ठ , बाहुनीडांडाका फौज सिं कार्की लगाएतका कृषक दिगो कृषि विकास तर्फ अगाडी बढेका छन । १० वर्ष देखि कृषि क्षेत्रमा काम गरी रहदां ४,५ वर्ष वीचमा कृषि क्षेत्रले निकै फड्को मारेका छ । खोटाङ जिल्लामा १ लाख १५ हजार १ सय २० मेट्रीक टन तरकारी उत्पादन हुन्छ जस्मा १७, हजार २ सय ६८ मेट्रीकटन तरकारी जिल्लाको विभिन्न स्थानिय बजारमा बिक्रि हुने गरेको छ भने ५ हजार ७ सय ५६ मेट्रीकटन जिल्ला बाहिर जाने गरेको छ ।

एक जना व्यवसायीक कृषकले खेति गर्नु अगाडी बजारको माग कस्तो छ , उपभोक्तको चाहान के छ , र बजारमा कुनै कारण वस खपत नभएको खण्डमा के गर्न सकिन्छ, प्रसोधनको लागि सोच्नु पर्छ , र बजार सम्बन्धि ज्ञान सिपको पनि आवश्यक पर्छ । कृषकले के के कुरा बेच्ने हो सो सामानको महत्व दर्साउन सक्नु पर्छ र लागत मुल्य हिसाब गरी न्युनतम कतिमा बेच्दा कति फाईदा हुन्छ सो कुराको जानकारी कृषकमा हुन आवश्यक छ । सायद दिक्तेल आसपासका कृषकले बजार पाउछन भनी अन्य अलिक टाढाका कृषक तारीफ गर्छन । तर दिक्तेल आसपासमा वस्ने कृषकलाई पनि व्यवसायीक तरीकाले खेति गर्ने हो भने बजार कहां छ । कृषलाई नै थाहा छैन । आज भोली किन सधै प्रायः दिक्तेलको तरकारी मंहगो हुन्छ , तपाईलाई लाग्छ होला, रोग लाग्यो, किरा लाग्यो आदि भन्नु होला । तर बजारमा तरकारीको भाउ मंहगो हुनु व्यवसायीक कृषकले तरकारी व्यवसायीक तरीकाले उत्पादन गर्ने कुुनै योजना बनाएको हुुदैन , बजारको माग कुन समयमा महंगो हुन्छ । त्यहि समयमा कृषक खेति गर्न थाल्छन ,त्यसो नगरी पनि के गर्नु त्यस विषयमा कस्ले सिकाउने र यतिमात्र हैन बजारको सुचना लिने चलन छैन ।

कृषिमा आवश्यक ५ कुरा भएपछि आम्दानीको कुरा जोडिन्छ ,। ५ कुरा हुन जमिन, पानी,वीउ,मल र दक्ष जनशक्ति यी कुरा भएपछि व्यवसाय संगै आम्दानीको कुरा जोडिन्छ । आम्दानीको हिसाब गर्दा १ बोट गोलभेडा बाट १० किलो सम्म गोलभेडा लिन सकिन्छ । तर एक बोट गोलभेडाको लागत मुल्य ४० देखि ४५ रुपैया पर्छ । यस्तै एक बोट मकै हुने जग्गामा १ बोट बन्दा फलाउन सकिन्छ । मकै मरीतरी ५ रुपैया पर्छ तर बन्दा भने १ किलोको मात्र फल्दा पनि २० ,२५ रुपैया पर्न जान्छ । अहिले धेरै कृषकले तरकारी तथा अन्य कृषि जन्य वस्तुको उत्पादन गरी निकै राम्रो आम्दानीको श्रोत बनाउन थालेका छन ।

यसले गर्दा मानिसको जिनस्तरमा निकै ठुलो परीवर्तन गरेको छ । दैनिक ताजा तरकारी खाने र बचेको तरकारी बेचविखान गरी बाल बच्चालाई अध्यन गराउन देखि लिएर घर जग्गा किन्न सम्मको काम भएको छ । थोरै लगानीबाट पनि सुरु गर्न सकिने व्यवसाय भएकाले विशेष गरी दिक्तेल नगरपालीकाको ४,५ ६ (सोल्मा) वडाका कृषक विगतमा दैनिक चामलको धोक्रो बोक्न दिक्तेल आउने कृषक आजभोली विहान तरकारीको भारी वेलुका चामलको बोरा र दैनिक उपभोग्य सामाग्री पनि बोकेर आज मैले यति तरकारी बेचे अर्को हप्ता चाहि आजको भन्दा बढि छ र तरकारीको पनि भाउ बढ्छ भन्दै गरेको सुन्न पाईन्छ । सदा घुरेण कुखुरा भुट्भुट्टे खेल्ने ठाँउमा आज भोली सधै भरी हरीयो तरकारी देख्न थालीएको छ । आर्थिक र नैतिक कारणले हुने घर झगडामा पनि कम हुन थालेको छ । घरमा बाल बच्चालाई पढाई खर्च र फुर्सदमा गांउ डुली अरुको कुरा काट्ने चलन पनि केहि हटेको छ । किनकी फुर्सदको समयमा तरकारीको सिचांई ,गोडमेल र वीउ रोप्ने काममा कृषक व्यस्त देखिन थालेको छ । मौसमी तरकारीको लागि भदौ असोज र वेमौसमको लागि चैत वैसाखमा कृषक⁄ कृषक वीच निकै होडबाजी चल्न थालेको छ । अझ आजभोली जो किसानले तरकारी सुरु गर्ने हो उस्ले प्लाष्टिक घर बनाएर मात्र सुरु गर्ने चलन फेसन नै बनेको छ । २०६३ ⁄६४ सालमा १०⁄१५ वटा मात्र खोटाङ जिल्लमा प्लाष्टिक घर थियो भने अहिले ३०० भन्दा बढि घर बनि सकेको छ । च्यानडाँडाका पर्खनबहादुर राईले सुरु गरेको अलैची जिल्लामा अहिले धेरै गा.वि.समा व्यवसायीक हिसावले खेति गरी रहेको अवस्था छ । यतिमात्र हैन जिल्लामा अलैची आम्दानीको निकै राम्रो स्रोत बनेको छ । कृषि वन तथा वातावरण समिति द्धारा पनि गाँउमा बजार लाई मध्य नजर गरी कृषकलाई आफ्नो गाउँ ठाँउको हावापानी अनुसार उत्पादनमा जोड दिन थालेको छ ।

खेति गर्न समस्या होईन , खेति गर पश्चात कहाँ बेच्न लाने भन्ने प्रमुख समस्या हो । खोटाङ जिल्लाका कृषक किन व्यवसायीक बन्न सक्दैन यहाँ निकै ठुलो र चुनौती पुर्ण समस्या छ । कृषकले उत्पादन देखि बजार सम्मको समस्या भोग्नु पर्ने , जेन तेन गरी उत्पादन गरी फलाएको कृषि उपज विक्रि गर्न फेरी त्यत्तिकै समस्या हुने । यतिमात्र हैन कृषि उपज बिक्रि गर्न लैजादा बडो अपमान खेपी बेच्नु पर्ने समस्या छ । अहिले विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले विभिन्न कार्यक्रम मार्फत किसानको हितको निमित्त प्राविधिक तथा अन्य आवश्यक वीउ विजनको सहयोग गर्दै आएको छ । कृषकलाई व्यवसायीक बनाउनको लागि तरकारीको विषयमा अनेक किसिमको प्रलोभन पनि देखाउदै आएको छ तर कृषकलाई तरकारी फलाउनुस म बेच्न सहयोग गर्छु भन्ने हो भने किसान आफै वीउ तथा प्राविधिक कुरा खोज गरी कृषि उपज उत्पादन गर्न सक्थे । सरकारी तथा गैर सरकारी निकायले कृषि व्यवसायीकताको लागि सहयोग गर्ने वाहानामा अल्मल्याई रहेको हो कि भन्ने देखिन्छ ।

कृषक व्यवसायीक बन्न नसक्नुको थुर्पै समस्या छन , जस्तै बजार अनिश्चित, प्राविधिक समस्या, देखासेखिको रुपमा लागत मुल्यको हिसाब नगर्ने, सहकार्य समन्वय, संचार प्रयोग नगर्ने, तरकारी प्रसोधन तथा भण्डारणको लागि व्यवस्थित नभएको चिस्यान केन्द्र नभएको सडक तथा पुलको समस्या र राजनैतिक दलले कृषकलाई खोक्रो आश्वसन मात्र दिने गरेको छ ।

अब कृषकहरु व्यवसायीक बन्नको लागि सर्बप्रथम बजारको माग केछ, कति मात्रामा खपत हुन्छ, यदि खपत भएन भने अन्य के बनाउन सकिन्छ, उत्पादित कृषि उपज उत्पादन गर्दा र बजार सम्म पु¥याउँदा लागत मुल्य कट्टा गरी कति प्रतिशत नाफा आउँछ , बजार सम्म कसरी पु¥याउने, अन्य ठांउका कृषकले के रोप्दैछन, मौसमी हो कि बेमौसमी हो, माटो तथा हावापानी, तापक्रम अनुसारको वीउ विजन र सहि जात छनोट भयो कि भएन, आवश्यक मल तथा सिचाईको व्यवस्था छ कि छैन, प्राविधिक समस्या आई हाले कस्लाई सोध्ने, नर्सरी तथा वीउ रोपे देखि बजार सम्म पु¥याउँदा समय व्यवस्थापन कसरी गर्ने, एक वाली उत्पादन भई सके पश्चात अर्को पटक केलगाउने, व्यवसायीक योजना बनाएको छ कि छैन, भन्ने जस्ता महत्वपुर्ण कुरामा खेति गर्नु पुर्व नै ध्यान पु¥याउन आवश्यक छ । देखासेखीको भरमा खेति गर्दा एक पटक उत्साह त हुन्छ तर बजार नपाए पछि निकै निरास बन्नु पर्ने अवस्था छ । बजारको निश्चीत हुने हो भने प्राविधिक कुराको समस्या होइन खोज गरी पनि व्यवसाय संन्चालन गर्न सकिन्छ तर बजार नै छैन भने खेति गरेर र सिप सिकेरमात्र के गर्ने । झिनो सहयोगले व्यवसायीक बन्न गा¥हो छ । माथी भनेको कुरालाई ख्याल गर्दै सरकारी तथा गैर सरकारी संघ संस्थाले र दातृ निकायले अब विशेष युवा जनशक्तिलाई ख्याल गर्दै कृषकलाई बजार, तरकारी प्रसोधन जस्ता विषयमा तालिम दिन आवश्यक छ र निश्चित कृषक छनोट गरी व्यवसायीक बनाउनको लागि आवश्यक छ । यतिमात्र हेन व्यवसायीक कृषक छनोट गरी एक कृषक एक व्यवसायको निति अपनाई, प्रविधि मौसम अनुसार मोबाएल तथा अन्य विधुत्तिय संचार माध्यम मार्फत जानकारी दिने र कृषि अनुसन्धान केन्द्र र अन्य व्यवसायीक कृषककोमा भ्रमण संगै व्यवहारी तालिम दिन आवश्यक छ । गा.वि.समा नेपाल सरकारले कृषि वन तथा वातावरण समिति मार्फत कृषि को लागि दिने १५ प्रतिशत रकम कृषि सडक भनी कृषि क्षेत्रमा काम नगराउने चलन बसेको हुदा सो कुरा राजनैतिक दल मार्फत चिरफर गरी कृषिको लागि कृषि क्षेत्रमा नै खर्च गर्नु पर्छ । किन भने अन्य विकास जस्तो छिटो कृषिको विकास हुदैन । बाटो, विजुली, संचार यति समयमा बनाउन सकिन्छ भन्न सकिन्छ तर कृषिमा सुन्तला वर्षामा नभए हिउँदमा फलाउला , ६ महिना पछि फलाउँला भनेर हुदैन कृषि उपजले आफ्नै समय पर्खन्छ । राजनैतिक दलका प्रतिनिधिले केन्द्रमा कृषिमा आएको रकम गाउँको लल्लो निकाय सम्म कसरी पु¥याउन सकिन्छ , सिधा यातायातको लागि निकै सक्रियका साथ भुमिका खेलि आवत जावत गर्न सहज भएको खण्डमा र अब कृषि कार्यक्रम लिई आउने दातृ निकाएले बजार व्यवस्थापन र व्यवसायीक सहयोग कार्यक्रम लिएको खण्डमा अवश्य खोटाङ जिल्लाका कृषक व्यवसायीक बन्ने छन ।

Facebook Comments

सम्बन्धित

Leave a Comment