काबुल आक्रमणमा १४ नेपालीको मृत्यु

काठमाडौं, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको विभिन्न अन्तराष्ट्रिय समाचार संस्थाहरुले गरेका छन् । काबुलमा सोमाबार बिहान मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा १४ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले पुष्टि गरेको छ । घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये पाँच नेपाली र चार अफगान नागरिक छन् । नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम हमला भएको त्यहााको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीले दिएको जानकारी अनुसार पैदल हिड्दै आएका आत्मघाती हमलाकारीले बस रोकिएको अबस्थामा आफुलाई बिष्फोट गराएका थिए । बसमा यात्रा गरिरहेका नेपाली सुरक्षा गार्डसागै सडकमा यात्रा गरिरहेका पैदलयात्रु पनि घाइते भएको अफगान प्रहरीले जनाएको छ ।
एजेन्सीको सहयोगमा

Facebook Comments

सम्बन्धित

Leave a Comment