डाक्टर नै नक्कली

एविसि खबर

काठमाडौं, ५ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम सार्वजनिक गरेको छ । सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर सञ्चालन गरेको कारवाहीमा उनीहरु शुक्रबार पक्राउ परेका थिए । उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरि आवश्यक कारवाही सुरु भएको सिआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Nakkali-Doctor-1

Nakkali-Doctor-2

विज्ञप्ति अनुसार काठमाडौंमा ८ पुरुष र ५ महिला गरी १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा दोस्रो स्थानमा छ । त्यहाँबाट ९ जना पुरुष डाक्टर पक्राउ परेका छन् । यसैगरी चितवनबाट ३, ललिपुरबाट २, धनुषाबाट २ सुनसरीबाट १, झापाबाट एक र कास्कीबाट एक जना पक्राउ परेका छन् । ट्रमा सेन्टरदेखि नर्भिक अस्पतालसम्म नक्कली प्रमाणपत्रधारी डाक्टर पाइएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment