‘देवव्रतको नेपाल यात्रा’ सार्वनजिक

समाचार

एविसि खबर
काठमाडौं, ५ असार । कवि डा षडानन्द पौडेलद्वारा लिखित ‘देवव्रतको नेपाल यात्रा’ शीर्षक कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । साहित्य सन्ध्याको नियमित मासिक ३ सय ६१ औँ शृङ्खलाका अवसरमा शनिबार आयोजित ‘प्रगतिशील साहित्यमा उत्तर आधुनिकतावादको प्रभाव’ विषयको अन्तक्र्रियामा प्राज्ञ डा अमर गिरीले सङ्ग्रहको लोकार्पण गर्दै नेपाली प्रगतिशील साहित्यको अध्ययन २००७–२०१६, २०१७–२०४५ र २०४६ यता गरी तीन चरणमा विभाजन गर्न सकिन्छ भनेका छन् ।

कवि डा पौडेलले धेरै अगाडि सिर्जना गरिएका र कतै न कतै प्रकाशन भइसकेका कवितालाई सङ्ग्रह गरेर कृति प्रकाशन गरिएको जानकारी दिए । सो अवसरमा रामबहादुर पहाडी, राम विनय, पूर्ण विराम, अतृप्त पाण्डेय, कणाद महर्षि, उमेश उपाध्याय, जयन्ता पोखरेल, तारा गाउँले, गोविन्द नेपाल कल्पना काफ्ले, धनबहादुर मगर, गोपाल नेपाल, अमृता स्मृति, भावना न्यौपाने, पुण्य गौतम ‘विश्वास’ लगायतले आआफ्ना समसामयिक कविता, गीत र गजलवाचन गरेका थिए ।

Facebook Comments

Leave a Reply