कष्टकर बन्दै भोजपुर धरानको यात्रा

राई विवेक
भोजपुर, ५ असार । भोजपुर धरान सडक खण्ड विच लेगुवा भोजपुर ६६ किलो मिटर सडक खण्डमा वर्षातको कारण सडक हिलाम्य भए पछि माल वाहक तथा यात्रुवाहक सवारि साधन कष्टकर यात्रा हुन थालेको छ । कालोपत्रे योजनाको कामले नयाँ माटो खनिने क्रम भइरहेको र सोहि स्थानमा बर्षादको पानीले हिलाम्मे हुने गरे पछि यातायातको साधनहरु भासिने गरेको छ ।

दैनिक ८ भन्दा बढि यात्रुवाहक बस सेवा सञ्चालन हुने गरेको यस भोजपुर धरान सडकमार्गमा अहिले भने हम्मेहम्मे २ ओटा मात्र यात्रुवाहक बस सञ्चालनमा आउने गरेको छ । मुस्किलको साथमा सञ्चालनमा रहेको उक्त बस समेत समयमा सहि गन्तब्यसम्म पुग्न मुस्किल रहेको छ । सडकको यस्तो अवस्थाको कारण बस ठाउँठाउँमा फस्ने र बसमा सवार सबै यात्रुहरु ओर्लदै र चढ्दै कहि ठेल्दै यात्रा गर्नु परिरहेको यात्रुहरुको भनाइ रहेको छ ।

लेगुवा भोजपुर सडक आयोजनाको प्रमुख श्रीबहादुर घिमिरेले पनि कालो पत्रेहुने सडकखण्ड हाल चौडा पार्नेकाम भैरहेकोले पानि पर्दा यातायातको साधन आवात जावतमा कठिनाई भएको बताउनु भयो। ठाउ ठाउँमा मालवाहक सवारी साधनहरु फसिदिनाले सडक अवरोध हुँदा हिउँद याममा १० घण्टामा आवतजावत हुने गरेको यस सडक खण्डमा दुई दिनमा मात्र आवतजावत गर्ने गरेको यातायात ब्यबसायीहरु बताउँछन् । “सडक राम्रो नभएकोले नियमित बस सञ्चालनमा ल्याउन नसकेको” यातायात ब्यबसायी दुर्गा श्रेष्ठले बताउनु भयो । निरन्तर बर्षाद भएकोले भोजपुर सडक यातायात सेवा सञ्चालन हुन नसक्ने भएता पनि धरान देखि प्याउलीसम्म मात्र बस सेवा ओहोर दोहोर गर्न सक्ने बाँकी सदरमुकामबाट हिडेर यात्रा गर्नु पर्ने अवस्था सृजना भएको व्यबसायीहरु बताउँछन् ।

डेढ वर्ष अगाडि बाट कालो पत्रेको कामशुरु भएको सडक खण्डमा अहिले सम्म ३८ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । सडक कालो पत्रे गर्न चिनिया कम्पनि तेन्जिनरमन र कन्काई कन्ट्रक्सनले संयुतm रुपमा ठेक्का लिएको छ ।सडक कालो पत्रे गर्न एसियालि विकास बैंकले १ अर्ब८९ करोड २९ लाख ६८ हजार ८०० ऋण सहयोग गरेकोमा ठेकेदार कम्पनिको ९९ करोड ४४ लाख ६७ हजार ५०० रुपैयामाठेक्का लिएको छ ।

विगतका बर्षहरुमा पनि बर्षाद लागे सँगै सदरमुकामसम्म सडक यातायात सञ्चालन हुन सक्दैन थियो । यस पटक पनि सदरमुकामसम्म सवारी साधन चल्न बन्दहुने पक्का भए सँगै बिरामी असक्तहरुलाई यात्रा गर्न कठिन भए सगै जिल्लामा दैनिक उपभोग्य वस्तुहरुको भाउमा वृद्धिहुने भएपछि जिल्ला वासिहरु चिन्तित भएका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment