एसएलसी परीक्षाको नतिजा सार्वजनिक

एविसि खबर
काठमाडौं, २ असार । यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो ।

परिक्षा नियन्त्रण कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा पहिलो पटक सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रक कृष्ण काप्रीका अनुसार ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएकोे बताए । परीक्षामा सम्मलित विद्यार्थी मध्ये नियमित, आंशिक तथा प्राविधिक तर्फका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।

कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए । त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए। एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो

परीक्षा नियन्त्रक काप्रीले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताए । ’नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा क्ीऋ लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी १६००, ५००१, ५२२५, ५५६६, ४९४९ र ७६७६ मा एसएमएस गर्न सकिने छ । काप्रीले भने, ’नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सकिन्छ ।

एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मार्फत पनि थाहा पाउन सकिने सुविधा छ । त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइटwww.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट www.soce.gov.np बाट पनि नतिजा जान्न सकिने छ ।

त्यसैगरी नेपाल टेलिकमको वेबसाइट www.slc.ntc.net.np मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिनेछ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment